इलामका तिन पत्रकार पुरस्कृत

द्वारा प्रकाशित गरिएको हो |
२०८० बैशाख २, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कलः आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका क्रियाशिल पत्रकार तथा राससकर्मी टीका खतिवडालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले प्रत्येक वर्ष बैशाख १ गते प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार खतिवडालाई प्रदान गरिएको हो ।
दश हजार राशी सहित प्रमाणपत्र दोशल्लाले खतिवडा पुरस्कृत हुनु भएको हो । उहाँलाई नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भिषण राई, महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे, प्रदेश सदस्य तोयानाथ भट्टराई लगायतले खादा सहित नगद र प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा आशिष राईले पत्रकारितामा गरेको योगदानको चर्चा गरिएको थियो । तत्कालीन अवस्थामा रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आउनु भएका स्व आशिष राईको नयाँ वर्ष मनाउँदा २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । उहाँकै सम्झनामा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष साविक मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ ।
राईको स्मृतिमा स्थापित पुरस्कारबाट हालसम्म खतिवडा सहित १९ जना पत्रकार पुरस्कृत भएका छन् । सो पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावतीपरस्कृत भइसक्नु भएको छ ।
त्यस्तै पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सिता निरौला, चन्द्र पन्दाक पुरस्कृत भइ सक्नु भएको छ ।
१२ वर्षदेखी निरन्तर पत्रकारिता पेशामा क्रियाशिल पत्रकार खतिवडा राष्ट्रिय समाचार समितिसँगै बिभिन्न पत्रिका, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ ।

क्रियाशिल महिला पत्रकारिता पुरस्कार दुईजनालाई
नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको क्रियाशिल महिला पत्रकारिता पुरस्कार दुईजनालाई वितरण हुने भएको छ । पत्रकार महासंघको स्थापनाको दिन वितरण गर्ने गरी स्थापना भएको उक्त पुरस्कार यस वर्ष ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ सँगै वितरण हुने भएको हो । यसबाट पत्रकार सविता पाण्डे र सविता पाण्डेलाई वितरण गर्ने नेपाल पत्रकार महासंघले जनाएको छ । पाण्डे नेपालवाणी एफएम, निगरानि डटकम र रेडियो नेपालमा आवद्ध हुनुहुन्छ भने सुनुवार इलाम एफएम, नेपाल वाणी एफएम, इलाम पोष्ट हुँदै हाल उज्यालो अनलाइनको डेक्समा रहेर काम गरिरहनु भएको छ । देशकै पहिलो महिला अध्यक्ष कोकिला ढकाल इलामको अध्यक्ष भएको बेला उक्त पुरस्कार स्थापना भएको थियो । पुरस्कार वितरणका लागि हालको कार्यसमितिले कार्यविधि बनाई पास गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय