जिल्लाका दश पालिकामध्ये सूर्योदय नगरपालिकाको बेरुजु सबैभन्दा कम

द्वारा प्रकाशित गरिएको हो |
२०८० बैशाख २, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कल, ०२ बैशाख ःमहालेखा परिक्षकको कार्यालयले तयार पारेको साठिऔँ बार्षिक प्रतिवेदन अनुसार इलामका स्थानीय तहहरुको बेरुजु ७३ लाख ५९ हजार ७ सय ३३ देखिएको छ । जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका गरि दश स्थानीय तह छन् । प्रतिशतका आधारमा ४ नगरपालिका मध्ये सबैभन्दा बढी बेरुजु इलाम नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम बेरुजु सूर्योदय नगरपालिकाको देखिएको छ । इलामको २३ लाख ४० हजार ३ सय ६३ रुपैया रकमको लेखापरिक्षण गर्दा २.७१ प्रतिशत अर्थात ६३ हजार ४ सय ३ रुपैया बेरुजु देखिएको हो । यता सूर्योदय नगरपालिकाको भने जिल्लाका दश पालिका मध्ये सबैभन्दा कम बेरुजु पाईएको हो । सूर्योदयको २६ लाख ३२ हजार ८ सय २१ रुपैयाको परिक्षण गर्दा १.०९ प्रतिशत अर्थात २८ हजार ६ सय ७३ रुपैया मात्र बेरुजु देखिएको छ ।

यसैगरी ६ गाउँपालिका मध्ये सबैभन्दा बढी बेरुजु सन्दकपुर गाउँपालिकाको पाईएको छ भने कम बेरुजु देखिनेमा माङ्सेबुङ गाउँपालिका परेको छ । सन्दकपुरको ९ लाख ४२ हजार ६ सय ८ रुपैयाँको परिक्षण भएकोमा ५.६७ प्रतिशत अर्थात ५३ हजार ४ सय ३२ रुपैयाँ बेरुजु छ । माङ्सेबुङको ९ लाख ६३ हजार ८ सय ७८ को लेखापरिक्षण हुँदा २.२४ प्रतिशत अर्थात २१ ह्जार ५ सय ६२ रुपैया बेरुजु रकम सार्वजनिक भएको छ । त्यसैगरि १४ लाख ८१ ह्जार ७ सय ९६ को परिक्षण गरिएको माई नगरपालिकामा २२ हजार ७ सय ८० (१.५४) प्रतिशत र १५ लाख १४ हजार ९ सय ६० रुपैयाको परिक्षण गरिएको देउमाई नगरपालिकामा २९ हजार ८ सय ६९ (१.९७) प्रतिशत रकम बेरुजु पाईएको छ । यसैगरि १२ लाख ११ हजार ७ सय ६२ रुपैयाको परिक्षण गरिँदा रोङ गाउँपालिकामा ४३ हजार ७ सय ९० रुपैयाँको बेरुजु देखिएको छ । सो रकमको प्रतिशत ३.६१ ह्ुन्छ ।

फाकफोकथुम गाउँपालिकाको ११ लाख ३६ हजार ८ सय ३५ रुपैयाँको लेखापरिक्षणमा ३.०५ प्रतिशत अर्थात ३४ हजार ७ सय १५ रुपैयाँको बेरुजु देखिएको छ । ११ लाख १७ हजार ६ सय ५० को परिक्षण हुँदा चुलाचुली गाउँपालिकामा २.८७ प्रतिशत अर्थात ३२ हजार ९२ बेरुजु रकम देखिएको छ । माईजोगमाई गाउँपालिकाको ११ लाख २७ हजार २ सय ९४ को लेखापरिक्षण हुँदा २८ हजार ६ सय ५० अर्थात २.५४ प्रतिशत रकम बेरुजु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय