सूर्योदय २ मा एमालेको दोश्रो वडा अधिवेशन सकियो

द्वारा प्रकाशित गरिएको हो |
२०८० बैशाख १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल ः इलामको सूर्योदय नगरपालिका वडा नं २ मा नेकपा एमालेले दोश्रो वडा अधिवेशन सम्पन्न गरेको छ । सोमबार वडा कमिटि अध्यक्ष डिक बम्जनको अध्यक्षता एवं जिल्ला कमिटि सदस्य साथै सो वडाका ग्रासरुट प्रतिनिधि कृष्ण प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटि सदस्य सुजन नेपाल, नगर कमिटि अध्यक्ष दुर्गा देवी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष बम्जनले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र सचिव ठुल बहादुर तामाङ्गले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ । अधिवेशनबाट उपेन्द्र पाण्डेको अध्यक्षतामा ३१ सदसिय वडा कमिटि निर्वाचित गरिएको छ । नव निर्वाचित कमिटिका पदाधिकारी एवं सदस्यहरुलाई जिल्ला कमिटि सदस्य सुवेदीले सपथ ग्रहण गराउनुभएको थियो । प्रमुख अतिथि सुवेदीले पार्टीका तल्लो तहका मानिसहरुलाई निति कार्यक्रम र योजना सुनाएर ग्रासरुट सफल भएको बताउनुभयो । उहाँले अधिवेशनबाट निर्वाचित कमिटिलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

समग्र नगरमा पार्टीको अवस्थाबारे जानकारी दिँदै नगर कमिटि अध्यक्ष भट्टराईले पार्टीलाई शसक्त बनाएर लैजान जरुरी रहेको बताउनुभएको छ । आफुहरुमाथि भ्रम छर्ने र कुप्रचार गर्नेहरुका विरुद्ध प्रतिवाद गर्न हामि तयार हुनुपर्ने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय