पशुपतिनगरमा बस्ने नेपालीसंग भारतको हेपाहाप्रवृत्ति सच्चिनुपर्छः ओलि

द्वारा प्रकाशित गरिएको हो |
२०८० बैशाख १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कल ः नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले पशुपतिनगर स्थित सिमा क्षेत्रमा बस्ने नेपालीसंग भारतले हेपाहा प्रवृत्ति देखाएको बताउनुभएको छ । बुधबार इलामको पशुपतिनगरमा नेपाल भारत सिमाको दशगजा क्षेत्र निरिक्षण गर्दै उहाँले नेपालका नागरीकलाई पेलेर भारतले केहि नपाउने भन्दै सो त्रुटि सच्याउनुपर्ने बताउनुभएको हो ।
आफुहरुले आफ्नै जग्गामा घर बनाउँदा समेत भारतले हस्तक्षेप गर्ने गरेको गुनासो स्थानीयले ओलि समक्ष राखेका थिए । भारतले सिमा मिचेर प्रहरी पोष्ट सञ्चालन गरेको समेत बताए । निरिक्षणपछि ओलिले भन्नुभयो,“भारतजस्तो एक विशाल छिमेकी मित्र राष्ट्रले सिमामा बस्ने नेपाली माथी अन्याय गर्न सुहाउँदैन । सानेतिनो अर्गेलो गरेर भारतले कुनै ठुलो लाभ पनि प्राप्त गर्दैन ।” हेपिएको महशुष हुँदा कसैलाई राम्रो नलाग्ने भन्दै उहाँले भारत सरकार संग तत्काल छलफल गर्न सरकारलाई आग्रह गर्नुभएको छ । एमालेले यसका विषयमा कुरा उठाउने मात्र नभई निष्कर्ष निकाल्ने गरी काम गर्ने ओलिको भनाई छ । “म सरकारमा हुँदा समेत पटक पटक छलफल गरेको छु । अभ पुर्णतया समाधान गर्ने गरि छलफल हुनेछ ।” ओलि बिहिबार हुने पाटीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद बैठकलाई सम्बोधन गर्न इलाम आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय