
इलामः नेकपा ९एमाले० अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलाम आइपुगेका छन्। भोलि ९वैशाख १४० इलाम सदरमुकाममा आयोजना गरिएको पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न ओली आज आएका हुन्।
उनी आज सूर्योदय नगरपालिकामै बास बस्ने एमालेले जनाएको छ। सदरमुकामको गौतमबुद्ध सभागृह ९सिटी हल०मा आयोजना गरिने बैठकमा उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसमेत सहभागी हुने भएका छन्।



बैठकमा जिल्ला परिषद् तथा विभागीय पदाधिकारी र सदस्य, पालिका र इलाका कमिटीका पदाधिकारी, जनसंगठन, पेसागत संगठनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं वडा र शाखा कमिटी अध्यक्ष सहभागी हुने एमाले जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए।
बुधबार अध्यक्ष ओली झापाको बुधबारेस्थित एक कार्यक्रममा सहभागी हुन जाँदा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका सो समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका थिए।
अध्यक्ष ओलीले सम्बोधन गर्ने झापा स्थित बुद्ध शान्ति गाउँपालिकाको कार्यक्रम स्थलतर्फ जाने क्रममा उनीहरूले कालो झण्डा देखाई ओलीको सवारी रोक्ने प्रयास गरेका थिए। सो क्रममा उनीहरूले अध्यक्ष ओलीको सवारी माथि ढुंगा मुडा प्रहार गरेपछि कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका सो समूह र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको हो। नागरीकबाट