
फिक्कलः राष्ट्रिय स्वतन्त्र पार्टीले इलामको सूर्योदय नगरपालिकामा तदर्थ समिति बनाएको छ । इलाम सदरमुकाममा गएको चैत्र २१ गते भएको जिल्ला भेलाले सूर्योदयमा तदर्थ नगर समिति चयनका लागि संयोजक र सहसंयोजक तोकेको थियो । रमेस भट्टराई संयोजक र महेश गदाल सहसंयोजक रहेको उक्त तदर्थ नगर समितिले अन्य पदाधिकारी र सदस्यहरु थप गरेको छ ।
समितिको सचिवमा लता कटुवाल चयन हुनुभएको छ भने सदस्यहरुमा कृष्ण प्रसाद पौडेल,दिपक प्रधान,युवराज प्रधान,सुजन प्रधान, शोभा अधिकारी पोख्रेल, विमला राई र रोशन श्रेष्ठ चयन हुनुभएको सचिव कटुवालले जानकारी दिनुभएको छ । उहाँका अनुसार यो समिति ६४ सदसीय पुगेपछि कार्य समितिका रुपमा पूर्णता प्राप्त गर्नेछ भने नगर तदर्थ समितिले नै वडा तदर्थ समिति समेत चयन गर्नेछ । नगर समितिले वडा तहमा समेत संगठन विस्तार गर्दै लैजाने सभापति भट्टराईले बताउनुभयो ।



पुराना राजनितिक दलहरुप्रति नागरिकहरुमा निराशा छाएको बेला रास्वपाले देशब्यापी प्रभाव जमाईरहेको छ । देशका विभिन्न निर्वाचन क्षेत्रमा भरखरै सम्पन्न उप निर्वाचनमा सान्दार नतिजा हात पारेपछि रास्वपामा मानिसको थप आकर्षण बढेको पाईन्छ । पत्रकारिता पेशा त्यागेर राजनितीमा लागेका रवि लामिछानेको नेतृत्वमा उदाएको रास्वपाले छोटो समयमा प्रभाव जमाएपछि पुराना पार्टीहरुमा चुनौती थपिएको छ । इलाममा लामो समय पत्रकारिता गरेका केहि सन्चारकर्मीहरु समेत पेशागत संगठन त्यागेर राजनितिमा उदाएका छन् । कटुवालले समेत प्रेस युनियन इलामको केन्द्रिय पार्षद बाट राजिनामा दिएर रास्वपाको सूर्योदय नगर सचिव बन्नुभएको हो ।