ज्येष्ठ नागरीकलाई सुशासनको आभाषः वडामै रक्तचाप जाँच

द्वारा प्रकाशित गरिएको हो |
२०८० बैशाख १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

मनोज अधिकारी
फिक्कलः वडा कार्यालयमा प्रवेश गर्ने वित्तिकै तातो–चिसो पिउने पानीको ब्यवस्था छ । ६० बर्ष माथीका नागरीक सेवा लिन कार्यालयमा आउँदा रक्तचाप जाँज गरेर पठाईन्छ । कार्यालयको भित्तामा एलइडी टाँसिएको छ । सिसि क्यामेरा जडान गरिएको छ । सबै कर्मचारीले एउटै कोठाबाट सेवा दिन्छन् । साँघुरो भएपनी कोठा सफा,चिटिक्क परेको छ ।

सूर्योदय नगरपालिका वडा–२ मा अनुभवी र ऊर्जाशील कर्मचारी भएपछि सेवाग्राहीले खोजेजस्तो सुविधा भेट्टाएका छन । ताप्लेजुङ् जिल्लाको मैवाखोला गाउँपालिकामा दुई बर्ष अनुभव बटुलेर आएका सूर्योदय –१२ का सुवर्ण ढकाल त्यस वडाको सचिव छन् । उनले भने, “हामीले वडाबासीलाई सन्तुष्ट बनाउने प्रयास गरेका हौँ । कति सक्छौँ थाहा छैन तर, चुस्त सेवा प्रवाहमा प्रतिबद्ध छौँ ।” कतिपय झन्जटिला कानुनी प्रकृयाका कारण सेवाग्राहीहरुले दिक्क मान्ने गरेको सुनाउँदै ढकालले भने, “कोही त हामीसंग रिसाउनु पनी हुन्छ । आक्रोशित भएर गाली गर्नुहुन्छ । वडाबाट फर्किएर जानेबेलासम्म हामी खुसी बनाएर पठाउँछौ ।”

वडा कार्यालयको सेवा प्रभावकारी बन्नमा जनप्रतिनिधीको पनि उत्तिकै भुमिका छ । कर्मचारी जनप्रतिनिधी बिच समन्वय हुँदा सहज भएको कार्यालयका कम्प्युटर अपरेटर दिनेश प्रदानले बताए । “कार्यालयको सेवा प्रभावकारी बनाउन हामीलाई जनप्रतिनिधीको पनी उत्तिकै साथ छ ।” उनले भने, “वडाध्यक्ष देखि सदस्यहरुसंग समन्वय गछौँ । काममा कहीँ हस्तक्षेप छैन । सहयोग छ ।” वडामा सबै कर्मचारी क्षमतावान देखिए । झगडाको पोल लिएर मुद्धाको प्रकृया बुझ्न आएकी एक महिलालाई कर्मचारी निमा तामाङले सम्झाईरहेका थिए । ”छिमेकमा सामान्य झगडा हुँदैमा मुद्धा खेप्नु गलत हो । टोलका संयोजकसंग कुरा राख्नुहोस् । जनप्रतिनिधीलाई भन्नुहोस् । मिल्नेतिर लाग्दा राम्रो ।”

वृद्धभत्ताको फारम भर्न वडा कार्यालय आएका एकजना ज्येष्ठ नागरीक उज्यालो अनुहार लगाएर फर्किदै थिए । ढोका छेउमा पुगेका उनिलाई हामीले सोध्यौँ, “धेरै खुसी देखिनुहुन्छ नी बुवा?भत्ता आउने भएर हो?” उन्ले हाँस्दै भने, “भत्ता भर्न आएको, नानीले त प्रेसर जाँचेर पठाईन । भत्ता अलिक पछि आउँछ रे ! प्रेसर बढेको ‘रछ’ औषधी नछुटाउनु भनेकी छन् । अभ याँ माथी हेलपेष्ट निस्केर जान्छु ।”

 

सामुदायीक सहजकर्ता प्रकृति खतिवडाले कार्यालयमा आएका ६० बर्ष माथीकालाई चेकजाँज गर्ने गर्छिन । यसअघि सूर्योदय–१ बाट सरुवा भएर यहाँ आएकी उन्ले झापाको बिएण्डसी अस्पतालमा नर्सिङ काम पनि गरिसकेकी छन् । त्यो पुरानो अनुभवको सदुपयोग गर्दै खतिवडाले वडाका ज्येष्ठ नागरीकको स्वाथ्य जाँज गर्ने गरेकी हुन् । “सबैको जाँज गर्न समय पुग्दैन । कम्तीमा वृद्धवृद्धाको चैँ रक्तचाप जाँच गरेर,परामर्श दिएर पठाउने गरेका छौँ ।” उनले पुरा गर्नुपर्ने अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाको जिम्मेवारीका अतिरिक्त यो काम उदाहरणीय देखिन्छ ।

वडा सदस्य गणेश कुमार खड्का (नहकुल) ले वडाले खोजेजस्तो कर्मचारी फेला पारेको बताए । “जनताका कतिपय समस्या हामीले सम्बोधन गर्न नसकिरहेको बेला कर्मचारी साथीहरुले सुझाव दिने गर्नुभएको छ । यो क्षेत्रमा सीमाको समस्या छ । सीमाका नागरीकले भोगेका समस्या उहाँहरुले घरघर गएर देख्नुभएको छ । समाधानमा हामीलाई जस्तै उहाँहरुलाई पनी हुटहुटी छ ।” धेरै ठाउँमा जनप्रतिनिधिलाई नटेर्ने कर्मचारी देखिएको भन्दै खड्काले आफ्नो वडा सचिवको प्रशंसा गरे । “युवा हुनुहुन्छ । काममा अनुभव छ । उहाँहरुको सकृयताका कारण यो पटक वडाले समयमै योजनाका काम सम्पन्न गर्यो । अध्यक्ष जू नभ्याउँदा उपेन्द्र जी (उपेन्द्रराज पाण्डे–वडा सदस्य) र म प्राय वडामै हुन्छौ । जस्का कारण कर्मचारीलाई समन्वय गरेर काम गर्न सहज छ ।”

सूर्योदय नगरपालिकाको सामाजिक विकास समिति संयोजक समेत रहेका सो वडाका वडाध्यक्ष डिक बहादूर बम्जन आफ्नो वडामा सुविधा सम्पन्न हल ब्यवस्थापन गर्ने तयारीमा छन् । पशुपतिनगरमा थुप्रै सरकारी तथा गैर—सरकारी कार्यालयहरु छन् । महत्वपूर्ण कार्यक्रमहरु आयोजना गरिन्छ । त्यसका लागी ब्यवस्थीत हलको अभाव भएको भन्दै उनले श्रोत ब्यवस्थापनका लागी तयारी भैरहेको बताए । “गएको साल नै राजपत्रमा बजेट छुट्टिएको थियो । कार्यान्वयन हुन सकेन । यो बर्ष हल ब्यवस्थापन हुनेमा ढुक्क छौँ । ” उनले भने, “वि सं २०५८ सालमै निर्मित भवनको संरचना पुनःनिर्माण गर्न बितेको छ । त्यो काम हाम्रो प्राथमिकतामा छ ।” पशुपतिनगर बजारमा पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जन गर्न वडाले काम थालेको उनले बताए । कोरोना कहरयता लयमा फर्कन नसकेको उक्त बजारमा विदेशी पाहुना आकर्षित गर्ने गरि काम थालिएको छ । बजारको फोहोरमैला ब्यवस्थापन र पार्कीङ ब्यवस्थीत गर्न बजार ब्यवस्थापन समिति छिट्टै बन्दैछ । अध्यक्ष बम्जनले भने,“वडा कर्मचारी र जनप्रतिनिधी साथिहरुले यसरी नै साथ दिए हाम्रो वडा छिट्टै नमुना वडा बन्ने छ । शुसानको प्रत्याभुत हुने गरी सर्वसुलभ सेवा प्रवाहमा खटिएका सबै कर्मचारी मित्रहरुलाई मेरो धन्यवाद ।”

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय