सन्दकपुर–३ मा ग्याँस विस्फोट हुँदा एक घर जलेर नष्ट

द्वारा प्रकाशित गरिएको हो |
२०८० बैशाख २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा सिलिन्डर ग्याँस विस्फोट हुँदा एक घर जलेर नस्ट भएको छ । स्थानीय लोकनाथ पाठकको टिन र काठले बेरा गरेको एकतले घर पूर्ण रुपमा जलेर नष्ट भएको सञ्चारकर्मी ख्यामराज ढकालले जानकारी दिएका छन् । स्थानीयको पहलमा आगो नियन्त्रणमा आएको छ । मानवीय क्षति हुन नपाएपनि घरभित्रका अन्न,लत्ता कपडा,महत्वपूर्ण कागजात र नगद जलेर खरानी भएको ढकालले बताएका छन् । भोली छोरीको शुभ विवाहको तयारी गरिरहेका लोकनाथको आज अचानक आगलागीबाट घर जलेपछि गाउँ नै शोकाकुल भएको छ । दुर्घटनाबाट कति क्षति भयो भन्ने पुरा विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय