
फिक्कलः इलामको सूर्योदय नगरपालिका—२ का स्वास्थ्य स्वमंसेविकाहरुलाई मोवाईल स्वास्थ्य सम्बन्धि शुभकामना समीक्षा कार्यक्रम बुधबार सम्पन्न भएको छ । नगरपालिकाले प्रत्येक वडामा सञ्चालन गरिरहेको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत बुधबार सो वडाका १४ सेविकालाई मोवाईल हेल्थ सम्बन्धी पुनर्ताजकी गराईएको वडा कार्यलयले जानकारी दिएको छ ।
स्यमंसेविकाहरुले आफ्नो क्षेत्रमा भएका गर्भवति महिलाहरुको तथ्याङ्क मोबाईलमा राख्ने गर्छन् । गर्भवती भएदेखि सुत्केरी हुँदासम्म महिलाको शारिरिक अवस्था, स्वास्थ्य जाँज लगायतको जानकारी तथ्यका रुपमा सुरक्षित राख्न सो काम शुरु भएको हो । उनिहरुलाई माबोईलमा फरक कोड र संकेत उपलब्ध हुन्छ । तथ्याङ्क संकलनमा फरक नपरोस भन्ने उद्धेश्यले पुरा गर्नुपर्ने प्रकृयाको प्राविधिक विषयमा स्मरण गराउन समयसमयमा यस खालको कार्यक्र्रम हुने गरेको छ ।



वडाध्यक्ष डिक बहादुर बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, वडा सदस्य गणेश कुमार खड्का (नहकुल), उपेन्द्रराज पान्डे,चन्द्रकला खत्री लगायतको आतिथ्यता रहेको थियो । पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा भएको कार्यक्रमलाई स्वास्थ्य केन्द्रका इन्चार्ज राजेन्द्र मगरले सहजीकरण गर्नुभएको थियो ।