
फिक्कलः नेकपा एकीकृत समाजवादी जिल्ला समिति इलामले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र कारबाही प्रक्रियामा दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरेको छ ।
जिल्ला अध्यक्ष भक्त केशिद्धारा एक प्रेश विज्ञप्ति प्रकाशित गर्दै निस्पक्ष्य छानबिन गर्न माग गरेको छ । “कुनै पनि शक्तिले कुनै पनि बहानामा पार्ने कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कारबाही प्रक्रिया कमजोर हुन नजाओस् । र, सबै दोषीहरुमाथि कारबाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ । दबाइएका अन्य घटनाहरुमा पनि यसैगरी छानबिन अगाडि बढाउनसमेत हाम्रो पार्टी माग गर्छ,” विज्ञप्तिमा भनिएको छ । त्यस्तै, एकीकृत समाजवादीले आवश्यक दबाब सिर्जना गर्न राजनीतिक दल, जनसमुदायलाई आह्वान गरेको छ ।


