भारतमा अब २ हजारको नोट नचल्ने

द्वारा प्रकाशित गरिएको हो |
२०८० जेष्ठ ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतले दुई हजार दरको नोट नचलाउने निर्णय गरेको छ। भारतीय रिजर्व बैंकले २ हजारको नोट नचलाउने निर्णय शुक्रबार गरेको हो।भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी नगर्न निर्देशन दिएको छ। ​बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजारसम्मको नोट सटही गर्न सक्नेछन्।

भारतले नोभेम्बर २०१६ मा कालोधन नियन्त्रणका लागि भन्दै नोटबन्दी गरेको थियो। त्यसवेलाको ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउँदै गरिएपछि गुलाबी रंगका २ हजार र ५०० रुपैयाँको नयाँ नोट जारी गरिएको थियो।

एटीएमदेखि बैंकसम्म २ हजार दरका नोटको प्रचलन खासै नहुने आवाज उठ्ने गरेहो थियो। यसै क्रममा सन् २०२१ मा तत्कालीन वित्त राज्यमन्त्री अनुराग ठाकुरले केन्द्रीय बैंकले २०१९ र २० मा २ हजार दरको नयाँ नोट नछापेको बताएका थिए।

यो नोटको विषयमा प्रश्न उठिरहँदा शुक्रवार सरकारले २ हजार दरका नोट नै अब प्रचलनमा नल्याउने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय