कोशी प्रदेशको बजेट अधिवेशन आज सुरु हुँदै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०८० जेष्ठ १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसोदेखि सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ ।

प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् ।

गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । प्रदेश १ पुनस् नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका पहिचानवादीले आज बिहानैदेखि प्रदेश सभा अगाडि प्रदर्शन गर्ने तयारी गरेको हो ।

पहिचान आन्दोलनका नेता प्रेम येक्तेनले प्रदेश सभा भवन घेर्ने तयारी गरेको बताए । उनले आन्दोलन शान्तिपूर्ण हुने बताए । प्रदेशको नाम संसोधन गर्ने थलो प्रदेश सभा नै रहेकाले प्रदेश सभा केन्द्रित आन्दोलन सुरु गरेको उनको भनाइ छ ।

प्रदेश सभा अधिवेशनको प्रथम बैठकको कार्यसूची तयार भइसकेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनका अनुसार प्रदेश प्रमुखले पठाएको पत्र सुनाएपछि केही प्रदेश ऐन संसोधन विधेयक पेस हुनेछ । प्रदेश सरकारले जारी गरेको २ वटा अध्यादेश टेवल गर्ने र दलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची पनि छ ।

गत फागुन १७ गते नाम राखेपछि स्थगित भएको प्रदेश सभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो । नामाङ्कनपछि पहिलो पटक आज बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय