निर्माणाधिन सडक हिलाम्यः नाली माथि पहिरो सडक माथि पानी

द्वारा प्रकाशित गरिएको हो |
२०८० असार १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

प्रविन विसी, लक्ष्मीपुरः इलामको सूर्योदय नगरपालिकामा अवस्थित भालुखोप,लक्ष्मीपूर,थाक्ले हुदै खुदुनाबारी जोड्ने सडक खण्ड कालोपत्रेको लागि गत वर्ष टेण्डर आव्हान भयो । उक्त सडक कालोपत्रे गर्नका लागि २० करोड माथिको डिभिजन सडक कार्यालय इलामले टेण्डर आवहान गरेको थियो । सडक निर्माणका लागि एपेक्स कन्ट्रक्सन प्रालि काठमाडौँले २०७९ वैशाख २९ गते टेण्डर हात लियो । कम्पनीले २०८१ कार्तिक २८ गते सम्म ठेक्का सम्पन्न गर्ने गरी सम्झौता गर्यो। कम्पनीले ९भ्याट पी एस बाहेक ०२० करोड ३१ लाख ६६ हजार ५ सय तीन रुपैयाँ ४० पैसामा सम्झौता गरी सकेको छ । हाल सम्म कम्पनीले सम्झौता गरेको ११ महिना नाग्यो ठाउँ ठाउँमा भत्किएको सडक अनि पहिरोले क्षति गरेका भिर र पर्खालहरुलाई तार जाली लगाई होम पाइपको व्यवस्थापन भए, नाली बनिएका छन् ।

तर, विडम्बना घरीघरीअझै ढुङ्गे युगकै झल्को आउँछ । किन कि बर्खामा हिलाम्ये र हिउँदमा धुलाम्मे यो अवस्थाले बर्खाको मुसलधारे झरीमा बाटो हिंड्ने पैदल यात्री देखि,पहिरो संभावित जोखिम क्षेत्रका आवत जावत गर्ने गाडी र स्थानीय बासिन्दाहरु हरेक दिन वर्षा याममा कष्टकर जीवन यापन गर्न बाध्य छन् । बर्खाको पानीमा नाली त छ तर पहिरोले पुरिन्छ तिनै पुरिएको नाली बाहिर आएको ,भलका कारण सडक खाल्डा खाल्डा परेको छ । भलका लागि बनाईएको ढल सम्म् उचित ब्यवस्थापान हुन् नसक्दा किसानको जमीनमा पहिरो गएको र सडक खण्डमा निकै ठूलो क्षति पुगेको स्थानिय गुरु पाठक बताउँनुहुन्छ । बनिएका तारजाली र नालिको अवस्था हेर्दा स्थानीय हिमाल राई भन्नुहुन्छ , भितो भत्किएर नाली पुरिए ,नालीमा पहिरो छ तर भल छैन ,त्यसैगरी , जाली माथिबाट भल पस्दा बनिएको तारजाली पर्खालहरु फेरिपनि भत्किने पो हो कि रु कैले सम्म यस्तो सास्ती खेप्नु पर्ने हो? उहाँको प्रश्न छ ।

कम्पनीले नाली र बनेका होम पाएपमा भल नहाल्दा बनिएको होम पाएप भित्र कमिलाको गोला र मुसाको बास भएको छ । होम पाएप भित्र सुख्खा छ । सडक भलका कारण खाल्डा खाल्डा परेको छ । २०० माथि साना ठूला गाडी र मोटरसाईकलओहोरदोहोर गर्ने यस ठाउँमा ६ वटा स्कुलबसले बिदाका दिन बाहेक दैनिक लक्ष्मीपुर लगायतका ठाउँहरुमा करिब २ सय बराबरीका विद्यार्थीहरुलाई जोखिम सडकहरूमा ओसार पोसार गर्ने गरेको छ । धेरै समस्या भालुखोप देखि लक्ष्मीपुर सम्मको हो । बाटो बिग्रिएका कारण अभिभावकहरु चिन्तामा छन् । कैले पिठ्यूँ त कैले ढाडमा बोकेरै भालूखोपको गेम्हि डाँडा , कैले भालुखोप् सम्म आफ्ना नानीहरुलाई ल्याउने पुर्याउने गर्नुपर्ने समस्या रहेको मुना राई बताउँनुहुन्छ ।
यस्तै ,कम्पनीले हाल नुन थले देखि बर्दु सम्म बाटो विस्तारको कामलाई अघि सार्दै गरेको छ । तर बाटो बर्खा समयमा हिलाम्ये हुँदा प्यासेन्जर गाडी ,दुग्ध गाडी र सब्जी बोकेको गाडी बीचैमा फस्दा गाडी चालक हैरान भएका छन् । समयमा सामान लोड अनलोड नहुँदा व्यापारीहरु मारमा परेको स्थानीय व्यवसायी दिलनाथ मिश्रको गुनासो छ । समयमा अफिस र प्यसेन्जर गनव्यमा पुग्न नसक्दा ठूलो समस्या खेप्नु परेको शिक्षक दीपक पौडेल बताउनुहुन्छ ।
भलले निकास नपाउँदा विद्युतका पोलहरू अति जोखिम स्थितिमा रहेको र यसले ठूलो मानवीय क्षति गर्न सक्ने पुष्प लाल आचार्यले चिन्ता ब्यक्त गर्नुभएको छ । । भलका कारण थप क्षति हुन नदिन स्थायी बासिन्दाहरू कुट्टे, काटा ,बेल्चा ,कोदालो र आवश्यक औजारहरू बोकी केही हद सम्म भललाई व्वस्थापन गरी ठूलो क्षती हुन् बाट रोक्ने प्रयाश गरेको स्थायी दीपेन्द्र राई बताउँछन ।

गरेका काममा कम्पनी स्वयम जिम्मेवारी भई भेला भएर जमेर आएको भलको बेगको पानीलाई उचित होम पाएप व्यवस्था गरि ढल सम्म पुर्याई भलको उचित व्यवस्थपन गरे पहिरो र सडक हिलाम्ये हुनबाट जोग्गिने स्थानीय व्यवसायी रुपेन् राईको भनाई छ ।
सडक निर्माणको कार्यले कृषि उत्पादनको खानी र पर्यटनको प्रचुर संभावना बोकेको ठाउँ लाई अझ व्यवस्थित बनाउन जरुरी छ । उक्त सडक निर्माणले आर्थिक लगायत बहुआयामिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायी युमन आचार्यको भनाई रहेको छ ।

निमार्ण कार्यमा लागेको कम्पनीले यो बर्खे याममा भारि वर्षाका कारण ठाउँ ठाउँमा पहिरो लगायत पानीले गर्ने विनाश प्रति ध्यान केन्द्रित भई काम गरेको कम्पनीका इन्जिनियर अभी पोखरेलले बताउनु भयो । पुराना नालीको डिजाईनमा हाम्रो कम्पनीको डिजाईन नमिल्ने हुँदापनि कम्पनीले उचित व्यवस्थपनमा पहल गरेको र हाल वर्दु सम्म नालीको काम भई रहेको उहाँको भनाई छ । ठाउँ ठाउँ कतै ढिस्का भत्किएकाले कतै कतै काम गर्न अवरोध भएको पोखरेल बताउनुहुन्छ । हाल सम्म निर्माणधिन बाटोमा आफै खटेर बनाएकाले आवत जावत गर्ने गाडी फस्ने समस्या नरहेको र सिंगल रोडमा ग्रावेल हालेको साथै बाटामा साना तिना खाल्डा खुल्डी, ढुङ्गा हुँदा गाडी चालक र सचेत नागरिकले पुर्ने बानी बसाल्दा सबैको लागि टेवा पुग्ने पोखरेलको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय