मनोज अधिकारी,फिक्कलः इलामको माईजोगमाई गाउँपालिका–२ टारसिंहमा शुक्रबार राती बिवत्स घटना घट्यो । ५५ बर्षिय पिताम्बर खतिवडाले आफ्नी ५२ वर्षिया जेठी श्रीमती राधिका खतिवडाको हत्या गरि आफु आत्माहत्या गरे । पोस्टमाटम सकिएर सनिवार राजदुवाली घाटमा श्रीमान श्रीमतिको लास जलाईयो । यतिबेला गाउँ शोकमा छ ।
प्रहरीले अनुसन्धान शुरु भएको बताएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख सन्तोस राईले दिएको जानकारी अनुसार, हासम्मको अनुसन्धानमा हत्यापछि आत्महत्या भएको देखिन्छ । उनले भने, “घटनाको सिनारियो हेर्दा टाउको छेउ गर्धनमा बाम्फोकको धारले प्रहार भएको छ । दायाँ गालामा दुईटा ठुला घाउ छन् ।” हत्यापछि बाम्फोक अलिक पर फालिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक राईले बताए । उक्त घटना घटाएर पिताम्बरले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
मृतकको १४ बर्षिय छोरी रचना छिमेकीको घरमा सुत्न गएको र घरमा कोही नभएको अवस्थामा बाबुले नै आमाको हत्या गरेको हुनसक्ने रचनाले बताईन् । राति आमा चिच्याएको आवाज सुनेपछि उनले छिमेकीमा हल्ला गरेकि थिईन् । करिब १०ः३० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घरमा गएका थिए । घरमा जाँदा भित्र चुक्कुल लगाएकै अवस्थामा राधिका घरको कोठामा लडिरहेको फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरिक्षक मदन बस्नेतको कमाण्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो । साथै प्रहरी चौकी जौबारीबाट समेत प्रहरी सहायक निरिक्षक धनप्रसाद रिमालको कमाण्डमा दुई जना प्रहरी घटना स्थलमा पुगेको थियो ।श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यू भएको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए ।