शिक्षामा सूर्योदयको लगानी परिणाममुखी बन्दैः एसईईमा राम्रो नतिजा

द्वारा प्रकाशित गरिएको हो |
२०८० असार २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्क्कल,२४ असार (रासस)ः इलामको सूर्योदय नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर करोडौँ लागानी गर्दै आएको छ । सामुदायीक र संस्थागत विद्यालयको शैक्षिक स्तर बराबर बनाउन नगरपालिकाले धेरै अघाडि देखि विभिन्न प्रयास गर्दै आएको हो । शिक्षक,विद्यार्थी र अविभावक सम्मलाई अनुशासनको कसिलो घेरामा राखेर प्रशासनिक सेवा समेत कडा बनाउँदै आएपछि क्रमश शिक्षाको स्थिति सुधार हुँदै आएको छ ।
१४ वटा सामुदायीक र १५ वटा संस्थागत गरि हाल सूर्योदयमा मावि तहका २९ वटा विद्यालय छन् । यसबर्ष यहाँका ७१८ जनाले एसईई परिक्षा लेखे । सामुदायीकका ४२७ र संस्थागतका २५१ ग्रि ७१८ जनाले परिक्षा दिएकोमा १.६ जिपीए नपुगेका २४ जनाले ग्रेडवृद्धि परिक्षा लेख्नुपर्ने भएको छ । बाँकी विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने छन् ।

“शिक्षामा एकैपटक सुधार हुँदैन यसको नतिजा कालान्तरमा महशुष हुँदै जान्छ ।” नगरप्रमुख रण बहादुर राई भन्नुहुन्छ, “एसईईको नतिजा सतप्रतिशत उत्कृष्ठ भएन होला तर,विगतको भन्दा कयौँ गुणा सुधार भएको छ ।” सामान्यतयाः धेरै विद्यार्थीलाई अफ्ठ्यारो लाग्ने विषय नै गणित र विज्ञान हुन् । यो विषयमा विद्यार्थीलाई अब्बल बनाउन नगरपालिकाले थुप्रै कार्यक्रम गर्दै आएको छ ।

“गणित संग खेलौँ गणितिय धारणा बसाउँ” भन्ने नारा नै बनाएर स्कुल—स्कुलमा नगरप्रमुख पुगेर बालबालिकासंग बेलाबेला साक्षातकार गर्दै आउनुभएको छ । विज्ञान ल्यावका कार्यक्रम भईरहन्छन् । राष्ट्रियस्तरको ‘साईन्स एग्रिवेसन’ हुँदा फिक्कल मावि दोश्रो बन्न सफल पनि भएको थियो । नगरप्रमुख राईका अनुसार, सूर्योदयका सामुदायीक विद्यालयहरु निजीको तुलनामा अब्बल बन्दै गएका छन् । “कोरोना कहरले असर नगरेको भए यहाँका विद्यालयहरुमा शिक्षाको स्थिति धेरै माथी पुगेको हुनेथियो ।” उहाँले भन्नुभयो, “अझै पर्खनुपर्छ, शिक्षाको लगानी दिगो हुन्छ ।”
एसईईमा यो पटक ३.८ जिपीए प्राप्त गर्ने जिल्लाका उत्कृष्ठ १६ जनामा सूर्योदय—१० स्थित पञ्चकन्या बोर्डीङ स्कुलकी सम्पदा ढकाल र सामना गर्ड्तौला परेका छन् । सामुदायीक मध्येबाट सबैभन्दा बढी कृष्णाश्रम माविका पवन श्रेष्ठले ३.७५ जिपीए ल्याएका छन् । फिक्कल माविका एकजनाले ३.७० जिपीए प्राप्त गरेका छन् । ३.६५ जिपीए प्राप्त गर्नेमा नर्वदा कल्याण बोर्डीङ स्कुल मेहेलबोटे, हिमालय माध्यमिक विद्यालय गोर्खे, फिक्कल माध्यमिक विद्यालय र पञ्चकन्या बोर्डीङ स्कुल रहेका छन् ।

सूर्योदयमा ३ भन्दा माथी जिपीए प्राप्त गर्ने १४६ जना रहेको शिक्षा शाखाका नविन पौडेलले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नतिजा राम्रो आयो । ६ वटा सामुदायीक विद्यालयका सतप्रतिशत विद्यार्थीहरुले ११ मा पढ्न पाउने भएका छन् ।” ती विद्यालयहरुमा सिंहदेवी मावि मङ्गलबारे, हिमालय मावि गोर्खे,कृष्णाश्रम मावि कन्याम,समालबुङ मावि,मेची मावि श्रीअन्तु र जनक मावि श्रीअन्तु रहेका छन् । फिक्कल माविका ९७ जनाले परिक्षा लेखेकोमा ९१ जनाले कक्षा ११ मा पढ्न पाउनेभएका छन् भने ६ जनाले ग्रेडवृद्धि परिक्षा लेख्नेछन् ।

विगत बर्षहरुको भन्दा यस बर्ष विद्यार्थीले राम्रो नतिजा ल्याएको शिक्षा शाखा प्रमुख योगनिधी भट्टराईले बताउनुभयो । जनप्रतिनिधि,कर्मचारी,शिक्षक,विद्यार्थी, अविभावक सबैको साझा प्रयासबाट यो सम्भव भएको बताउँदै उहाँले अझ सुधार गरेर सूर्योदयलाई शिक्षामा देशकै नमुना पालिका बनाईनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय