सीमा क्षेत्रमा सडक बनिएपछि नेपालीलाई राहत

द्वारा प्रकाशित गरिएको हो |
२०८० श्रावण १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कल, ०१ साउनः नेपाल–भारत सीमाको पशुपतिनगर देखि मानेभञ्ज्याङ जोड्ने सडक बनिएपछि यहाँका नपालीले राहत भएको बताएका छन् । आफ्नै जिल्लाको अर्को गाउँ पुग्न पनि भारतीय भू–भाग भएर जानुपर्ने बाध्यता अन्त्य भएकोमा उनिहरुले खुसी ब्यक्त गरेका छन् ।

स्थानीय हर्क बहादुर लामाले भन्नुभयो, “पशुपतिनगर बाट मानेभञ्ज्याङ पुग्न हामी भारतको बाटो भएर जाने गरेका थियौँ । अब भने आफ्नै देशमा सरकाले बनाएको बाटो भएर जान सकिने भयो, धेरै खुसी लागेको छ ।” भारतीय एसएसवीले कहिले हिँड्नै नदिने, कहिले पाँच केजी सामान बोकेर आउँदा पनि दुख दिने गरेको अर्का स्थानीय रोशन मगरले सुनाउनुभयो । “सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले धेरै हैरानी खेप्नु परेको छ ।” उहाँले भन्नुभयो, “केही भनौँ त बिहान बेलुका उनिहरुकै बाटो भएर आउजाउ गर्नुपर्ने नभनौँ त संधैको हैरानी थियो ।”

३ करोड ७१ लाख रुपैया लागतमा निर्माण थालिएको सूर्योदय नगरपालिका–२ को पशुपतीनगर बजार देखि वडा नं १ नेपाल भारत सीमामा रहेको मानेभञ्ज्याङ बजार सम्मको पहिलो चरणको ढलानको काम सम्पन्न भएको हो । उक्त सडकको नगरप्रमुख रणबहादुर राईले गएको बिहिबार एक कार्यक्रमका बिच उद्धघाटन गर्नुभएको थियो ।

संघीय सरकार, प्रदेश सरकार र सूर्योदय नगरपालिकाको समन्वयमा डिभिजन सडक कार्यालयले १ हजार २ सय मिटरको सडक ढलानको कार्य गरेको थियो । सो सडक खण्ड सूर्योदय नगरपालिकाको पशुपतीनगर हुँदै पाँचथरसम्म जोड्ने रिङ रोड अन्र्तगत पर्दछ ।

सडक निर्माणको जिम्मा असार २० सम्ममा सम्पन्न गर्ने गरी गत चैत २० मा भगवती बौद्ध सोहिना जेभीले लिएको थियो । सडक निर्माणले गर्दा आन्तरिक पर्यटकलाई नेपाली भु–भाग हुँदै प्रसिद्ध चित्रेगुम्बा लगायत उच्च पहाडी क्षेत्रका दर्जनौं पर्यटकीयस्थल पुग्नसमेत सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय