पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्क उद्घाटन

द्वारा प्रकाशित गरिएको हो |
२०८० श्रावण ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
फिक्कलः इलामको सूर्योदय नगरपालिका—२ पशुपतिनगरमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्कको उद्घाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच सूुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले उद्घाटन गर्नुभएको हो । नेपाल भारत सीमाको पशुपतिनगर गेट अगाडी निर्माण गरिएको पर्यटन सूचना केन्द्र १६ लाख १८ हजार लागतमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनुभएको छ । त्यसैगरी,३ रोपनी ८ आना क्षेत्रफलमा ८० वटासम्म ट्याक्सी अटाउने गरी १ लाख ५३ हजार ९ सय ६४ रुपैया लागतमा पार्किङ्गस्थल निर्माण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख राईले अब आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज हुने बताउनुभएको छ । पशुपतिनगरबाट नेपाल भित्रिने पर्यटकका लागी कन्याम, श्रीअन्तु, इलाम बजार, माईपोखरी,सन्दकपुर लगायतका पर्यटकीयस्थलका बारे जानकारी दिन केन्द्र निर्माण गरिएको उहाँको भनाई छ । “सवारी भाडादर कायम गरी लागु गराउन र पर्यटकको संख्या यकिन गर्न सजिलो हुने विश्वास राखेका छौँ ।” उहाँले भन्नुभयो, “हालसम्म पशुपतिनगर नाकाबाट कति पर्यटक नेपाल घुम्न आउँछन् भन्ने तथ्याङ्क नहुँदा समस्या थियो, अब भने यस्का साथै हाम्रा पर्टकीय गन्तब्यका बारे पर्यटकलाई सूचना दिन सकिने भएको छ ।” तिन तहको सरकारबिच समन्वय गरेर मुलुकका पर्यटकीय क्षेत्रको विश्वब्यापी प्रचार र विकास गर्नुपर्ने उहाँको भनाई छ ।
पार्किङ्ग बनिएसंगै भिडभाड र जाम कम हुनेमा नगर विश्वस्त रहेको उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । “यहाँ घरका अगाडी बाटो छेकेर गाडी पार्किङ्ग गर्नुपर्ने बाध्यता हटेको छ ।” उहाँले भन्नुभयो, “विकास जादुको छडी होइन । एकैपटक सम्भव हुँदैन । क्रमशः विकास हुँदैछ । बनिएका संरचनाको सबै मिलेर संरक्षण गर्न जरुरी छ ।”
वडाध्यक्ष एवं नगर सामाजिक विकास समितिका संयोजक डिक बहादुर बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यातायात ब्यवसायी संघ पशुपतिनगरका मिलन क्षेत्री, राप्रपा नेता सैजन शेर्पा,नेपाली कांग्रेसका नेता होम बहादुर खड्का लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यापालिका सदस्य सावित्रा शिवाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम वडा सचिव सुवर्ण ढकालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय