आधारभूत स्वास्थ्य सेवा केन्द्र,सुकेपोखरी सञ्चालनमा

द्वारा प्रकाशित गरिएको हो |
२०८० श्रावण ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रविन विसी,लक्ष्मिपुरः इलामको सूर्योदय वडा नम्बर १३ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । सेवा केन्द्रको बिहिबार एक कार्यक्रमका बिच नगरप्रमुख रणबहादुर राईले उद्घाटन गर्नुभयो । उद्घाटनको अवसरमा ४५ जनाको निशुल्क प्रेसर जाँच गरिएको छ ।
राईले यस स्वास्थ्य सेवा केन्द्र भवन निर्माणमा सहयोग पुर्याउने सबैलाई नगरको तर्फबाट धन्यबाद दिनुभएको छ । विशेष गरी यस क्षेत्रको मूल समस्या खानिपानी भएको भन्दै उहाँले समस्या समाधानमा पालिका तल्लिन रहेको जनाउनुभएको छ । प्रमुख राईले ४० देखि ५० वर्ष उमेरका अविवाहित महिलाहरु र एकल महिलाहरुलाई पनि नगरले निशुल्क स्वास्थ्य बीमा गराउँदै आएको जानकारी दिनुभयो । नगरपालिकाले स्वास्थ केन्दमा चाँडै नै अनलाई सिस्टम मार्फत बिरामीको डेटा संकलन गर्ने र रेफर सम्बन्धी काम गर्न सक्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यस्तै ,भालुखोप देखि खुदुनाबारी सडक खण्डको कालोपत्रे सडकको लागि ठेक्का समझौता आ ब ८०,८१ भित्र सकिने भनिएता पनि ग्रावेल सडकहरू भत्किएर यात्रुहरुलाई समस्या पर्न थालेको छ । यस बिषयमा स्थानियले पनि ठेकदारलाई बेला बेला खबरदारी गरे समस्याबाट छिटो राहत मिल्नसक्ने उहाँको भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले स्वास्थ्य चौकीमा बिरामीहरूको सहजताको लागि हाल ८२ प्रकारका औषधिहरू निशुल्क रुपमा बितरण गरिने बताउनु भयो । गर्भवती महिलाहरुलाई भिडियो एक्सरेको व्यवस्था मिलाई खान पानमा ध्यान दिन विशेष परामर्श दिईने अधिकृत भट्टराईले बताउनुभएको छ । व्यवस्थापन समिति गठन गरी समितिले थप कार्ययोजना बनाई सेवा केन्द्रलाई अझ गुणस्तरीय बनाईने उहाँको भनाई छ । यसैबीच, कार्यक्रममा उपप्रमुख दुर्गाकुमार बरालले सिंहदरवारको अधिकार फर्केर गाउँ गाउँमा आएको भन्दै यो विकास, स्थानिय सरकारबाट मात्र सम्भव भएको दावी गर्नुभयो । हाम्रा पुर्खाहरू सय वर्ष माथि बाँचेर औषधि नखाई बित्नुभयो उहाँले भन्नुभयो, ऐले जन्मदा नै औषधि खानुपर्ने अवस्था छ । किनकि हामीले हाम्रो खान पानमा महत्वपूर्ण भूमिका खेल्नु सकेका छैनौँ ।

कार्यक्रममा वडाध्यक्ष हेमराज आचार्यले यो विकासको लागि र यहाँको सेवा केन्द्रको लागि नगरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ। रो गाउँपालिका र सूर्योदय १४ वडाका जनताहरुलाई स्वास्थ्य केन्द्रमा पायक पर्ने भएकाले सबैलाई लाभ लिन अनुरोध गर्नुभयो। यसैबिच वडाले स्वास्थ्य सेवा केन्द्र बनाउन जग्गा दान गर्ने दाताद्धय चूडामणि कटेल र युवराज आचार्यलाई सम्मान गरिएको छ । कार्यक्रमममा माधव भट्टराई ,टिका देवी गौतम, रिता परियार , इन्दिरा कटेल र प्रविन विसीले स्वागत गीत गाएका थिए भने अनु परियारले मनोरञ्जनातमक नृत्य प्रस्तुत गरेका थिए । वडा सचिव टिका देवानले स्वागत मन्तय राख्नु भएको कार्यक्रमममा वडाका कर्मचारी यामुना लुईटेलले कार्यक्रमलाई सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय