‘नेपाली सेना’ बन्ने सपना बोकेका २० बर्षिय प्रशान्तको आर्थिक अभावले उपचारमा समस्या

द्वारा प्रकाशित गरिएको हो |
२०८० श्रावण ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिका—१ लामिधुराका प्रशान्त सुब्बा अस्पतालको शैयामा बेहोस छन् । अस्पताल भर्ना भएको चार दिन बितिसक्दा पनि आर्थिक अभावका कारण थप उपचार हुन सकेको छैन । नेपाली सेनाको सपना बोकेर तालिममा होमिएका २० बर्षिय प्रशान्तले चारालीमा पहिलो चरणको तालिम सकेका थिए । गोर्खेको हिमालय माविमा कक्षा ११ अध्ययन गरिरहेका उनि दाश्रो चरणको तालिम दिने बिहान अचानक बेहोस भए । यतिबेला झापाको ‘वि एण्ड सी’ अस्पतालमा उनको उपचार भैरहेको छ ।

“हालसम्म डेढ लाख बिल उठिसकेछ । सबै रिपोर्ट आईनसकेकाले के भएको सम्म थाहा छैन ।” छिमेकी सङ्गिता राईले भन्नुभयो, “खाता बोकेर सहयोग सङ्कलन गर्न हिँडेको दुई दिन भयो । दुःख—सुख एक लाख जति जम्मा भएको छ । अझै कति लाग्ने हो टुङ्गो छैन ।” उहाँ भन्नुहुन्छ, “घरमा खानलाई नै धौ—धौ छ बिचराको ।” अघिल्लो साँझ घरमा एक्लै भएकि आमालाई भोलि तालिम दिन जाने भनेका प्रशान्तले बिहान अचानक म बिरामी भए भन्दै साथी ओमन राईलाई सुनाएछन्। “आमासंगको लामो भलाकुसारीमा मैले जागिर खाएपछि त पाल्छु नि हौ अहिले दुखै गरौँ भनेका पनि रहेछन् ।” राईले सुनाउनुभयो, “छोराको खबरले आमा नै अर्धचेत भैसक्नु भएको छ ।”

प्रशान्त अचानक बेहोस भएपछि साथी ओमनले मनमोहन अस्पतार पुर्याए । अवस्था जटिल देखेर बिर्तासिटी लैजान भनिएछ । त्यहाँपनी नभएपछि अहिले बिरामी विएण्डसीमा छन् । केहि बर्षअघि बुबा गुमाएका प्रशान्तको सामान्य जग्गाजमिन समेत छैन । आमाले बनि गरेर पढाईरहेका उनलाई छिट्टै रोजगार बन्नुपर्ने नैतिक दबाब थियो । त्यसैले बाल मनस्थितिमै ‘नेपाली सेना’ बन्ने सपना बोकेर तालिम भिढिरहेका प्रशान्तको उपचारमा यथाशक्य सहयोग गरिदिन आमा राधिका सुब्बाले अनुरोध गर्नुभएको छ ।
सहयोगका लागि छिमेकी सङ्गिता राईको सम्पर्र्क नम्बर ९८४४६६६१५७, ९८५२६४२००६

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय