इलामलाई उपेक्षा गरियो अब परिवर्तनको घण्टी बज्नुपर्छः रवि लामिछाने

द्वारा प्रकाशित गरिएको हो |
२०८० श्रावण ३२, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कलः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा हुने आम निर्वाचनमा इलामका जनताले रास्वपाका उम्मेद्वारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताउनु भएको छ । इलामको फिक्कल चोक बजारमा आयोजित पार्टीको खुल्ला जन सभालाई सम्बोधन गर्दै उहाँले आफुहरु जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर परिक्षा लिन आग्रह गर्नुभयो ।

“काम गर्न सकेनौँ भने,यो क्षेत्र घण्टी निशेधित बनोस् ।” बर्षौ देखि जितेका नेताले इलाममा के परिवर्तन गरे? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “तपाईहरुलाई उपेक्षा गरिएको छ । इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन,कृषि,उद्योग,शिक्षा,सडक हरेक क्षेत्रको विकास हुन सकको छैन ।”

कांग्रेस,एमाले र माओवादीहरुले गर्न सक्नेजति गरिसकेको लामिछानेको दाबी छ । “उनिहरुको क्षमता यति नै हो केही गर्न सक्दैनन् ।” उहाँले भन्नुभयो, “यदि रास्वपा सरकारको नेतृत्वमा पुग्यो भने देशको एयरपोर्टबाट भित्रिएका क्विन्टलका क्विन्टल सुन कान्ड, ललिता निवास प्रकरण जस्ता अनेक कान्डको छानबिन गर्नेछ । र, देशमा औँलाले गन्न सकिने बाहेक नेता जेलको छिँडीमा सडिनेछन् ।”

रास्वपाको उदयबाट आत्तिएकाहरुले आफुहरुको आलोचना,टिकाटिप्पणी र हमला गरिरहेको लामिछानेको आरोप छ । जति नै गाली गरेपनि खुद्रामा नभई थोकमा जवाफ दिने त्यसका लागी आम निर्वाचन पर्खन उहाँले चेतावनी दिनुभयो ।

“हामीलाई शिद्धान्त विहिन पार्टी भन्दै खेदो खन्ने गरेका छन् ।” उहाँले भन्नुभयो, “हरेक मान्छेका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन् भन्ने हाम्रो शिद्धान्त छ । यो कुन शिद्धान्त हो? हामीलाई थाहा छैन । वृद्धवृद्धालाई घरमा गएर स्वास्थ्य जाँच गर्ने,उपचारमा लैजाने हाम्रो काम हो । यो कुन शिद्धान्त? कुन वाद? कुन नीति हो? हामिलाई थाहा छैन ।” यी शिद्धान्त मन परेमा रास्वपासंग सम्झौता गर्न रविको आग्रह छ ।

चड्कारो आवाजमा चोटिलो भाषण गर्न खप्पिस लामिछानेले छोटो मन्तब्यमा अगामी निर्वाचनका लागी मिठो शैलीमा भोट माग्नुभयो । “आज भोलि नै चुनाव आउँदैन । तर , हेर्दा हेर्दै चुनाव आउँछ । त्यो बेला यहाँका पुराना नेता हो न हो हुनेगरी भोट माग्न आउनेछन् ।” उहाँले भन्नुभयो, “तपाईहरु विकसित देशका जनताले जस्तै शान्त विद्रोह गरेर रास्वपाको चुनाव चिन्हमा भोट हाल्नुहोला ।”

सूर्योदय नगर समितिले आयोजना गरेको खुल्ला जन सभामा पार्टी सभापति लामिछाने सहित महामन्त्री भुगोल ढकाल, नेता रमेश प्रसांई लगायतले मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय