फिक्कल बजारबाट अबैध ढक र खाद्य बस्तु बरामद

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिका १० स्थित फिक्कल बजारमा नापतौलका ढक तराजुको अनुगमन गरिएको छ । सूर्योदय नगरपालिका उपभोक्ता हित संरक्षण समितिले फिक्कल बजारको बिहीबारे हाटबजारमा ढक तराजुकको अनुगमन गरेको हो ।

फिक्कल बजारका तरकारी, फलफुल , भाडाँ पसल र मासु पसलका ढक तराजुको अनुगमन गर्दा भारतीय ढक प्रयोग गरेको पाईएको हो । परम्परागत रुपमा चलाईदै आएका उक्त प्रकारका ढक प्रतिबन्धित भए पनि बजारमा बाहिरबाट आउने ब्यपारीले प्रयोग गर्दै आएका छन् ।

यस्ता ढकको तौल कम हुने गरेको पाईएको छ । अनुगमनका क्रममा एक दर्जन बढी पसलबाट भारतीय ढक बरामद भएको छ । त्यस्तै डिजिटल तराजुमा समेतमा तौलमा भिन्नता देखिएको छ । कतिपय ब्यपारीले डिजिटल तराजुको नविकरण नगरेको पाईएको छ ।

यसरी प्रयोग गरिएका तराजु नगरले नियन्त्रणमा लिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक तथा कार्यबाहक नगर प्रमुख दुर्गा कुमार बरालको अध्यक्षतामा बसेको बैठकले बजारको अनुगमन गर्ने निर्णय गरेको थियो ।

अनुगमन टोलीका संयोजक तथा नगरका सहकारी शाखा प्रमुख मदन गुरुङले अनुगमनका क्रममा लेभलिङ नभएको पाउरोटी लगायतका सामग्री समेत नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार लेभल नभएका र म्याद गुज्रिएका सामग्री समेत नियन्त्रणमा लिएको छ ।

चाडबाड नजिकिए संगै उपभोक्ता ठगिने भएकाले बजार अनुगमन निरन्तर गरिने कार्यबाहक नगर प्रमुख बरालले जानकारी दिए । अनुगमनमा नगरका कर्मचारी, प्रहरी , नगर प्रहरी र संचारकर्मीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय