अनुभव आदानप्रदान गर्न १५ पालिकाका उपाध्यक्ष र उपप्रमुख इलामको रोङमा

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः अनुभव आदानप्रदानका लागि झापाका १५ पालिकाका उपाध्यक्ष र उपप्रमुख इलामको रोङ गाउँपालिकामा भेला भएका छन् । झापाको १५ वटा पालिका को उपप्रमुख र उपाध्यक्षहरुको टोलि रोङ गाउँपालिकाको विभिन्न क्षेत्र भ्रमण गरेको छ ।

बिर्तामोड नगरपालिकाको उपप्रमुख नगेन्द्र संग्रौलाको नेतृत्वमा अनुभव आदानप्रदान गर्नको लागि रोङ गाउपालिकामा जनप्रनिधिहरुको टोलि आएको गाउँपालिका उपाध्यक्ष मनिकुमार स्याङ्बो सुबासले बताए ।

रोङ गाउपालिकाले कृषि उत्पादनको मुल्य वृद्धि गर्ने उदेश्यले रैथाने बालीको प्रबर्द्धनमा सक्रिय भुमिका खेलिरहेको हुनाले सोको अध्ययन अवलोकन भ्रमणको प्रमुख उदेश्य रहेको बिर्तामोड नगरपालिकाको उपप्रमुख नगेन्द्र संग्रौलाले बताए ।

जनप्रतिनिधिहरुको टोलीलाई गाउपलिकामा स्वागत गरिएको थियो । टोलीले गुन्द्रुक उधोगको अनुगमन, मौरीपालन सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । टोलीले रोङ गाउँपालिकाको हर्कटे बजारमा अन्तरक्रियासहित रोङ गाउपालिकाको अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष बिष्णु माया खवासले बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय