माईजोगमाई गाउँपालिकामा आगलागि घटनापछि उठेका विषय छानबिन गर्न माग

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र ९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलः माईजोगमाई गाउँपालिकामा गत श्रावण १८ गते भएको आगलागिको बिषयमा राजनीतिक दल र बिद्यार्थी संगठनले ध्यानाकर्षण गराएका छन् ।

सामाजिक संजालमा भएको कुराहरू लगायतको बिषयमा गाउँपालिकाले सत्यतथ्य कुराहरू बाहिर ल्याउनु पर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेपाल विद्यार्थी संघ इलाम काठमाडौ सम्पर्क समितिले विज्ञप्ति निकाल्नुका साथै गाउँपालिका अध्यक्षलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएको छन् ।

गाउँपालिकाको धारणा सार्वजनिक नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सत्य तथ्य कुरा बाहिर ल्याउन र घटनामा संलग्नलाइ कारबाही गर्न माग गरेको छ । यता नेपाल विद्यार्थी संघ इलाम काठमाडौ सम्पर्क समितिले पनि विज्ञप्ति निकालेर सत्यतथ्य छानबिनको माग गरेको हो ।

यता गाउँपालिका उपाध्यक्ष प्रविना राईले घटनाको छानविन भइहेको र अब केही दिनमै छानबिन समितिले घटनाको सम्पूर्ण जानकारी बाहिर ल्याउने बताइन । दोषी जो कोहि भए वा घटनाको गलत प्रचार जस्ले गरेको भए पनि कानुन बमोजिम कारबाही गरिने उपाध्यक्ष राईले बताइन । गाउँपालिकामा गत श्रावण १८ गते राति कार्यालयमा आगलागि भएको थाहा पाएपछि स्थानियले जनप्रतिनिधि, कर्मचारी र प्रहरीलाई खबर गका थिए ।

प्रहरी र स्थानियको सहयोगमा केही क्षणमा आगो नियन्त्रणमा समेत लिइएको थियो । १९ गते बिहान गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे सहित जनप्रतिनिधि, कर्मचारी र प्रहरी बसेर आगलागिका कारण १३ लाख, ६० हजार ६ सय अनुमानित क्षति भएको डाटा तयार पारेका थिए।

गाउँपालिका कार्यालय भवनको सर्भर भएको ठाउँबाट आगलागि सुरु भएको अनुमान समेत गरिएको थियो। आगलागिबाट कार्यालयमा जडित सिसि क्यामेरा नष्ट भएको थियो , जसबाट इन्भटर सहित ४ वटा ब्याट्री समेत जलेको थियो ।

कार्यालयको कागजपत्र भएको ठाउँमा आगो पुग्नु अघि नै आगलागि नियन्त्रणमा लिइएको छ । आगलागिबाट कागजपत्र कुनै नजलेको बताइएको छ ।आगलागिको कारण पत्ता लगाउन गाउँपालिका अध्यक्ष थेवेको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत काजिमान राई र राजश्व तथा सहकारी शाखाका अशोक लिम्बु सहितको समिति गठन भएको छ ।

समितिमा प्रहरीका प्रतिनिधि, बिद्युतका कर्मचारी र वडा नम्वर एकका वडाध्यक्ष रहने गरी छानविन समिति रहेका छन ।
समितिले के कारण आगलागी भयो भन्ने बारे अहिले सम्म प्रतिवेदन आएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय