रोङः इलामको रोङ गाउँपालिकामा १५ करोडको लागतमा बौद्ध गुम्बा निर्माणका लागि काम थालिएको छ । गुम्बा गाउपालिका ४ को भालुझोडा क्षेत्रमा निर्माण हुने छ ।
गुम्बासँगै गौतम बुद्दको दोस्रो अवतार मानिएका गुरु पद्मसंभव रेम्पोछेको मुर्ती समेत निर्माण गरिने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार गौतम बुद्दको दोस्रो अवतारका रुपमा परिचित गुरु पद्मसंभव रेम्पोछेको मुर्ती समेत निर्माण गरिने छ ।
उनका अनुसार एक सय फिट अग्लो मुर्ती निर्माण गरिने छ ।
गुरु रिगो रिम्पोचेको मुती निर्माण गर्न १५ करोड खर्च हुने अनुमान गरिएको छ । यसका लागि भारत हिमान्चल प्रदेशको आर्थिक सहयोग रहने जनाइएको छ । गुम्बा निर्माणका लागि सडक लगायतका पूर्वाधार निर्माणको काम हुँदै आएको छ ।
गुम्बा निर्माणका लागि छोमेन सेर्पाले बिषेश पहल गरेको भन्दै गाउँपालिका अध्यक्ष स्याङ्बोले उनलाई धन्यवाद दिए । गुम्बा निर्माणले समग्र देशको पर्यटन प्रबर्द्धनको लागि कोसेढुङ्गा साबित हुने रोङ गाउँपालिकाले आशा राखेको छ ।