चल्दैनन् इलाम बजारमा जोडिएका सिसि क्यामेरा

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः आपराधिक गतिविधि नियन्त्रणसँगे बजार व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ इलाम सदरमुकामको इलाम बजार क्षेत्रमा जोडिएका अधिकांश सिसि क्यामेरा नचल्ने अवस्था रहेको पाइएको छ ।

इलाम चोक बजार परिषर सगैँ बजारका बिभिन्न भु(भाग सहित बजार प्रबेश गर्ने मेचि राजमार्गको जिरो किलोमिटर क्षेत्रमा जोडिएका २२ क्यामेरा मध्ये ७ वटा मात्र संचालनमा रहेको पाइएको हो ।

क्यामेरा निगरानीका लागी जिल्ला प्रहरी कार्यालय इलामको एउटा कोठामा कम्प्युटरसहित एलइडी टिभी नै राखिएको छ । तर जडान भएका क्यामेरा अहिले बन्द अवस्थामा छन् ।

विगत केही महिना अघिबाट इलाम बजार क्षेत्रमा टाँगिएका बिधुतका तारहरु ब्यबस्थापन गर्ने क्रममा क्यामेरा जडित तारमा समस्या भएपछि क्यामेरामा समस्या आएकोे जिल्ला प्रहरी कार्यालय इलामका डिएसपि प्रकाश जबेगुले जानकारी दिए । जबेगुका अनुसार क्यामेरा नचल्दा शान्ति सुरक्षा कायमसगैँ आपराधिक गतिविधि नियन्त्रणमा सकस भएको बताउँछ्न।

यता इलाम नगरपालिका वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठले बजारमा रहेका बिधुतका तार ब्यबस्थापनको कार्य गर्दा सिसि क्यामेरामा समस्या आएकाले यस्को मर्मतको जिम्मेवारी नगरपालिकाको भएको बताउदै क्यामेरा मर्मत चाडै हुने बताएका छन ।

आपराधिक गतिविधि नियन्त्रणसगै ट्राफिक व्यवस्थापनका लागि पाँच बर्ष अघि प्रदेश सरकार,जिल्ला प्रहरी कार्यालय इलाम, इलाम नगरपालिका,उद्योग बाणिज्य संघ सहित जिल्लामा संचालित बिभिन्न बैकहरुको सहयोगमा बजार क्षेत्रमा क्यामेराहरु जडान गरिएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय