गोबिन्द पौडेल,रोङः आफ्नो वडा भित्रका कुनै नागरिकको मृत्यु भएमा वडाका जनप्रतिनिधिहरु पुग्ने प्रतिद्धता कार्यान्वयन गरिएको छ । आफ्ना पाटिका समर्थक मरेको बेलामा मात्रै मलामि अनि समवेदना बोकेर पुग्ने राजनितिक दलहरुको ब्यवहारलाई चुनौति दिदै वर्तमान रोङ गाउपालिका वडा न ६ का वडाध्यक्ष सत्यम राई चौरासेले आफु निर्वाचित भए लगत्तै वडा भित्रका सबै नागरिकहरु आफ्ना लागि समान हुन र उनिहरुलाई कुनै राजनितिक हिसावले असमान ब्यवहार गरिनु हुदैन भन्ने जनमुखी र लोकतान्त्रिक निर्णय गरेर वडा भित्रका कसैको निधन भएमा वडाको तर्फवाट समवेदना सहित उपस्थित भएर समानुभुति दिने गरेका छन। दोश्रो स्थानिय निर्वाचन भएयता रोङ गाउपालिका बडा न ६ मा एक दर्जन बढि नागरिकको मृत्यु भएको र यसमा सबैको घरमा वडाका सभव भएसम्म सबै जनप्तिनिधिहरु र कर्मचारीहरु पुगेर समवेदना ब्यक्त गरिएको वडासचिव खगेन्द्र खतिवडाले बताए । आफ्ना घरमा नजिकको सरकार वडाका जनप्रतिनिधि र कर्मचारीहरु दुखको बेलामा आउदा आफ्नो दुखि मन पनि केहि हलुका जस्तो भएको रोङ छ रम्भ्याङका एक शोकाकुल सदस्यले बताए ।
दुःख पर्दा सहानुभुति दिन वडाका सबै नागरिक कहाँ पुग्छन वडाध्यक्ष
२०८० भाद्र २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: ILAM KHABAR मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd