
फिक्कलः इलामको सूर्योेदय नगरपालिका १० स्थित फिक्कल बजारमा अत्याधुनिक ल्याब सहितको पोलिक्लिनिक स्थापना भएको छ । बिषेशज्ञ डाक्टरहरुको सेवा समेत पोलिक्लिनिकमा दिने उदेश्यले पार्वती पोलिक्लिनिक प्रा। लि स्थापना भएको हो । पोलिक्लिनिकमा इमर्जेन्सि सेवा, फार्मेसी, अत्याधुनिक ल्सँयाब सेवा २४ सै घण्टा उपलब्ध हुने संचालक प्रितम कुमार यादवले बताए ।
पोलिक्लिनिकमा अन्य सरकारी र निजी स्वास्थ्य संस्थामा नभएको थाइएराइड, ३ महिने सुगरको मात्रा हर्ने जाँच, भिटामिन बि १२, भिटामिन डि ३, हर्मोन टेष्ट समेत हुने गरेको छ ।



पोलिक्लिनिक बिशेषज्ञ डाक्टरहरु मनेश्वर साह, निरज रौनीयार, प्रमोद कुमार साह र सन्ध्या साहको उपचार सेवा समेत लिन सकिनेछ । पोलिक्लिनिकमा दैनिक रुपमा भिडियो एक्सरे, डिजिटल एक्सरे, इसिजी र मेडिकल अधिकृतबाट चेकचाँच हुने गरेको छ ।