
मनोज अधिकारी
इलाम,३१ भदौः इलाम नगरपालिका–९ गायोडाँडाका ५२ बर्षीय रविन भनिने रेशमराज राईको हत्या आरोपमा सोही ठाउँका २९ बर्षीय पदम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २९ गते साँझ ५ः३० बजेको समयमा रविनको शव गायोडाँडा स्थित लामेदुहाली कुलोमा मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुशन्धान शुरु गरेको थियो । मृतकका छोरा दिपक राईले दिनुभएको उजुरीका आधारमा आरोपित तामाङलाई भदौ ३० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकृत विपन विश्वकर्माले जानकारी दिनुभएको छ ।



उहाँका अनुसार, भदौ ३१ गते म्याद थप गरि अनुशन्धान अगाडी बढाईएको हो । तामाङले हत्या आरोप स्विकार गरिसकेको विश्वकर्माले बताउनु भएको छ । उहाँले भन्नुभयो, “आरोपितले भर्खरै हत्या गरेको स्विकार गरेका छन् । अभ थप प्रकृया अघि बढ्छ ।”
गएको २९ गते राईको शव फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास जवेगुको कमाण्डमा खटिएको टोलीले घटनाको अनुशन्धान अघि बढाएको थियो ।
जबेगुका अनुसार,मृतकको टाउकोमा गम्भीर चोट लागी रगत बगेको अवस्थामा शव फेला परेको थियो ।