शिक्षक महासंघ आन्दोलनमा,असोज तिनबाट बिद्यालय बन्द

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः सरकारले सघिय शिक्षा ऐन ससदमा दर्ता गरेपछि शिक्षकहरुको पेशागत संगठन आन्दोलनमा उत्रिएको छ । शिक्षकहरुको अधिकार र पेशागत मर्यादा गिराउने प्रयास प्रस्ताबित ऐनबाट हुन लागेको ठहरका साथ सुधार्न सुझाव सहित निर्णायक आन्दोलनको घोषणा गरेको छ ।

जसको लागि आगामि असोज तीनबाट देशभरका सबै बिद्यालयहरु बन्द रहने हुँदा लाखौ वालबालिकाहरुको बिचल्ली हुने भएको छ ।शिक्षकहरुको पेशागत छाता संगठन नेपाल शिक्षक महासंघले राजधानि केन्द्रित आन्दोलन गर्न सबै शिक्षकलाई राजधानिमा वोलाएपछि बिद्यालय ठप्प हुने भएको हो ।

यसै बिच नेपाल शिक्षक महासंघ इलामले आज एक बिज्ञप्ति निकाली अधिकार रक्षा र पेशागत सुरक्षाको लागि आन्दोलनलाई शसक्त बनाउन अपिल गरेको छ ।

बिज्ञप्तिमा नेपाल शिक्षक संघका अध्यक्ष रोमनाथ शर्मा,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लोकबहादुर थाम्सुहाङ,अखिल नेपाल शिक्षक सगठनका अध्यक्ष उमाकान्त भट्टराई ,प्रगतिशिल राष्ट्रिय शिक्षक सगठनका मातृका प्रसाद बिश्वकर्मा,नेपाल बिद्यालय कर्मचारी परिषद ईलामका अध्यक्ष हेमराज बस्नेतले हस्ताक्षर गरेका छन् ।

यसै बिच पालिकाहरुले आगामी असोज २ गते पर्ने शिक्षा दिवस मनाउन ब्यापक तयारी गरेको छ । तर, शिक्षकहरुको पेशागत महासंघले शिक्षा बिज्ञान प्रबिधि मन्त्रालय र मतहतका निकायले गर्ने कुनैपनि कार्यक्रममा सहभागिता नहुने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय