फिक्कलः सूर्योदय नगरपालिकामा आर्थिक बर्ष २०७९÷८० को बार्षिक समिक्षा सम्पन्न भएको छ । बिभिन्न शाखा, उपशाखा अन्र्तगत संचालित परियोजना र वडा अन्र्तगतको बार्षिक समिक्षा सम्पन्न भएको हो ।
शाखा र वडागत गरी ९ वटा बिषयगत क्षेत्रको प्रगति र प्रस्तुती सहित जिज्ञासा , प्रस्न, सुझाव दिने र ग्रहण गर्ने सहितको समिक्षा , गत आवमा भएको पालिकाको प्रगति, आर्थिक , प्राविधिक, सामाजिक, भौतिक शैक्षिक, स्वास्थ्य , बिपत, महिला बालबालिका र फोहोरमैला ब्यवस्थापन लगायतका बिषयमा शाखाले प्रगति पेश गरेका थिए । कार्यक्रममा आगामी दिनका योजना र सेवा सम्बन्धि प्रस्तुती गरीएको थियो ।
कार्यक्रममा नगर प्रमुख , उप प्रमुख लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नगर उप प्रमुख दुर्गा बरालले थप मेहनत गरी उदाहरणीय बन्न आग्रह गर्नु भयो । नगर प्रमुख रण बहादुर राईले सेवा प्रवाहलाई जवाफदेही , उत्तरदायी बनाउदै दिगो बिकासका लक्ष्य र अवसरलाई ध्यान दिनु पर्ने बताउनु भयो । उहाले कर्मचारी कर्मशिल पारदर्शी हुँन जरुरी रहेको बताउनु भयो । बिभिन्न वडाका वडाध्यष सहित कार्यक्रममा शाखा प्रमुख वडा सचिव लगायतको सहभागीता थियो । from hamropalika