नगरस्तरीय निबन्ध प्रतियोगितामा हिमालय माविका शिक्षक गणेश खड्का प्रथम

द्वारा प्रकाशित गरिएको हो |
२०८० आश्विन १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको खुल्ला निबन्ध प्रतियोगितामा हिमालय मावि गोर्खेका शिक्षक गणेश खड्का खुल्ला तर्फ प्रथम हुनुभएको छ । गएको भदौ ३१ गते आयोजित प्रतियोगितामा नगरपालिका भित्रका १९० जनाले सहभागिता जनाएका थिए ।

शिक्षा युवा तथा खेलकुद शाखाका नविन पौडेलका अनुसार, खुल्लातर्फ ३३ जना, माद्यमिक तहका ८६ र आधारभुत तहका ७१ जना विद्यार्थी सहभागी थिए । खुल्ला तर्फ सहभागि मध्ये अधिकांश शिक्षक नै भएको बताईएको छ । १९० वटा निबन्ध मध्ये ९ वटा छनोट गरिएको पौडेलले बताउनु भयो ।

इलामकै पुरानो एवम् ऐतिहासिक गोर्खे बजारको उत्पति,विकासक्रम, वर्तमान अवस्था र सम्भावनाका सेरोफेरोमा लृखिएको ‘इतिहासको विरासत फर्किने आशामा गोर्खे बजार’ शिर्षकको निबन्ध खुल्ला तर्फ प्रथम भएको हो ।

त्यसैगरि पुण्यस्मारिका आबि तिनघरेकी शिक्षक समिक्षा पौडेल द्धितिय,न्यू वल्र्ड अंग्रेजी विद्यालयकी कमला निरौला तृतिय र कर्फोक विद्या मन्दिरका उमानाथ गर्तौला चौथो बन्नुभएको छ ।

माध्यमिक तर्फ, इभरल्यान्ड इन्टरनेशनल एकाडेमीका अहस बुढाथोकी प्रथम, फिक्कल माविकी सामना भट्टराई द्धितिय,बुद्ध माविकी गंगा भट्टराई तृतिय र पशुपति नेशनल एकाडेमीकी डेन्जना कटुवाल चौथो बन्नुभएको छ ।

आधारभूत तह तर्फ सरस्वती माद्यमिक विद्यालयकी सुजला अधिकारी प्रथम,इभरल्यान्ड इन्टरनेशनल एकाडेमीका उत्सव बुढाथोकी द्धितिय,हेरोहल एकाडेमीकी प्रतिसा ढकाल तृतिय र अन्तु एकाडेमीकी स्मारिका राई चौथो बन्नुभएको छ ।

“साहित्यको माद्यमबाट नगरपालिकालाई चिनाउने उद्धेश्य राखेर कार्यक्रम आयोजना गरिनुलाई धन्यवाद भन्छु ।” खड्का भन्नुहुन्छ, “गोर्खे धार्मिक सांस्कृतिक एवम् ब्यापारिक दृष्टिकोणबाट समेत महत्वपुर्ण बजार भएपनि समयक्रम संगै ओझेलिएर जानु दुखद कुरा छ । यस सवालमा सबै पक्ष संवेदनशील बन्न जरुरी छ ।”

नगरपालिकाले बाल दिवसको अवसरमा कर्फोक विद्या मन्दिरमा आयोजित कार्यक्रमको अवसरमा नतिजा सार्वजनिक र पुरस्कार वितरण गरेको थियो ।  प्रतियोगिता मार्फत छनोट भएका निबन्धहरुलाई पुनःलेखन गराएर नगरपालिकाको स्मारिकामा समावेश गरिने शिक्षा शाखाका प्रमुख योगनिधि भट्टराईले बताउनु भएको छ ।

पुरस्किृत शिक्षक खड्कालाई हिमालय माद्यमिक विद्यालयको तर्फबाट यसअघि नै सम्मान गरिएको छ । नगरपालिकाले नतिजा सार्वजनिक गरे संगै विद्यालयको तर्फबाट प्रतिनिधि बनेर प्रथम भएकोमा बधाई ज्ञापन गर्दै सम्मान गरिएको विद्यालय श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय