इलाम अस्पतालमा स्वास्थ्यकर्मीको माग गर्दे सांसद बस्नेतद्वारा संसदमा सरकारको ध्यानाकर्षण

द्वारा प्रकाशित गरिएको हो |
२०८० आश्विन २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका इलाम अध्यक्ष महेश बस्नेतले इलाम अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिदिन सरकारको ध्यानाकर्षण गरेका छन । शुक्रबार ससदमा बोल्दै इलामे जनतालाई सुबिधा सम्पन्न अस्पताल नहुदा समस्या भएको भन्दै दरबन्दी अनुशारका डाक्टर सहित अति आवश्यक उपचार सामाग्रीहरू तुरुन्त उपलब्ध गराउन माग गरेका हुन ।

सांसद बस्नेतले शन्यू समयमा बोल्दै भनेका छ्न ‘इलामवासीहरूको जीवन रक्षा र स्वास्थ्य उपचारको लागि तत्काल इलाम अस्पताललाई चलायमान बनाउनेतर्फ सरकारको ध्यान जाओस् ,’ इलाम नगरपालिका त्यस्मा पनि जिल्ला सदरमुकाममा रहेको इलाम अस्पताल दरबन्दी अनुशारको जनशक्ति नहुदा आफै बिरामी अवस्थामा थलिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय