फिक्कलः चुलाचुली गाउँपालिका–५ का ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न दुई जनालाई जिल्ला अदालत इलामले जन्मकैदको सजाय सुनाएको छ ।
२०७९ असोज ५ गते बेलुका ४ बजेतिर खुकुरी र ढुङ्गा प्रहार गरी गुरुङको हत्या गर्ने चुलाचुली –४ का झ्याम्ले भनिने बर्षीय नरेशकुमार याख्खा र दिल्वर भन्ने बर्षीय मनिराज लिम्बुविरुद्ध वर्ष कैद सजाय सुनाएको हो।
जिल्ला न्यायाधीश दिपककुमार दाहालको ०८० असोज २३ गतेको इजलासले याख्खा र लिम्बुलाई मृतकको हकवालालाई क्षतिपूर्ति बापत जनही दुई लाख रुपियाँ बुझाउन, मृतकको मोटरसाइकलको क्षतिपूर्तिबापत १२ हजार पाँचसय रुपियाँ र पीडित राहत कोषमा दुई हजार आठसय रुपियाँ जम्मा गर्न पनि आदेश दिएको छ ।
गुरुङको हत्यामा संलग्न देखिएका चुलाचुलीकै पर्शु भनिने बर्षीय परशुराम राई, बर्षीय शिव हिङमाङ भनिने नरेन्द्र दर्जी, विक्रम हिङमाङ भनिने बर्षीय विक्रम नेपाली, अन्तरे भनिने बर्षीय रोहित इङ्नाम लिम्बू, मङ्गले भनिने बर्षीय अनीश लावती, सेसे भनिने बर्षीय सेसेहाङ याक्खा र सन्तु भनिने बर्षीय चन्द्रकुमार यवालाई जनही एक वर्ष कैद र पीडित राहत कोषमा जनही दुईसय रुपियाँका दरले बुझाउनुपर्ने फैसला गरिएको अदालतले जनाएको छ ।
२०७९ असोज ५ गते साँझ ४ बजेतिर चुलाचुली गाउँपालिका–५, बुकुवा पुलमा लालबहादुरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। लालबहादुरले धाकधम्की दिँदै निहुँ खोजेपछि अरू युवाले ढुंगा र खुकुरीको झटारो हानेका थिए। त्यसपछि ती युवाले लालबहादुरलाई पातामा खुकुरी प्रहार गरेपछि गहिरो चोट लागेको थियो। गम्भीर घाइते लालबहादुरको झापा दमकस्थित लाइफलाइन अस्पतालमा उपचार सम्भव नभएपछि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याउँदा मृत्यु भएको थियो।