गोपाल अधिकारी,गोदकः इलाम नगरपालिका–१० ले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । चाडवाड नजिकिएसँगै वडा भित्रका होलसेल तथा किराना पसल, होटल, औषधि पसल लगायतको मंगलबार अनुगमन गरिएको हो ।
अनुगमन समितिका संयोजक एवम् इलाम नगरपालिका–१० का अध्यक्ष ओम नाथ प्रधानको नेतृत्वको अनुगमन टोलिले जौबारी भञ्ज्याङ् , नारायण चोक हुँदै माईखोला सम्मको बजारक्षेत्रको अनुगमन गरेको हो । करिब ३० भन्दा बढी पसलहरूको अनुगमनका क्रममा म्याद गुज्रिएका एवम् अखाद्य थुप्रै सामाग्रीहरु बरामद गरी प्रहरीको रोहबरमा नियन्त्रणमा लिएरको र आगामी दिनमा सचेत रहन जानकारी गराइएको अध्यक्ष पधानले जानकारी दिनुभएको छ ।
करिब पाँच भन्दा बढी संञ्चालित पसलहरूको दर्ता, स्थायी लेखा नम्बर दर्ता नभएकाले ती व्यावसायीहरूलाई १ महिनाभित्रमा प्रकृयामा आउन निर्देशन दिईएको नगरपालिका उपप्रमुख बिष्णु दहालले बताउनु भएको छ ।
अनुगमनमा इलाम घरेलु कर्मचारी, इलाम उद्योग वाणिज्य संघ कर्मचारी, प्रहरी चौकी तिनघरे संञ्चारकर्मीहरुको अपस्थितति थियो ।