फिक्कलःबडादशैँ,शुभ दिपाली, नेपाल सम्वत र छठ पर्वको अवसरमा प्याब्सन इलामले शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा मंगलबार इलाम नगरपालिका ७ स्थित ग्रिनभ्यू होटलमा कार्यकम सम्पन्न भएको प्याब्सन जिल्ला अध्यक्ष रगुन गुरुङले जानकारी दिनुभएको छ ।
शुभकामना आदानप्रदानको अवसरमा सांसद बस्नेतले शिक्षा क्षेत्रको समग्र विकासमा प्याब्सनले खेलेको भुमिका र योगदानको सन्दर्भमा प्रशंसा गर्नुभएको छ । शिक्षालाई गुणस्तरीय बनाउन सुधार गर्नुपर्ने पक्षमा उहाँले सुझाव समेत दिनुभएको छ ।
प्याब्सन केन्द्रिय उपाध्यक्ष युवराज बाशिष्ठले प्याब्सनलाई हेर्ने दृष्टिकोण र सामुदायिक क्षेत्रलाई हेर्ने दृष्टिकोण समान हुनुपर्ने बताउनुभयो । कयन अभावका बावजुत निजी क्षेत्रले गुणस्तरीय शिक्षा प्रवाह गरिरहेको सवाललाई नजरअन्दाज नगर्न सरकार र सरोकारवालालाई उहाँको आग्रह छ ।
उक्त कार्यक्रममा मरब क्याम्पस इलामका प्रमुख , प्याब्सन केन्द्रिय सदस्य बिकास कर्मचार्य, प्रहरी एस एस पि , शिक्षक संगठनका प्रमुखहरु , सबै विद्यार्थी सङठनका प्रतिनिधिहरु, नेल्टा जिल्ला अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो ।