इलामः चाडपर्बको समयमा हुनसक्ने सम्भावित कालोबजारी,ठगी तथा अखाद्य तत्वको विक्री वितरणलाई नियन्त्रण गर्न जिल्लाको माईजोगमाई गाउँपालिकाले बजार क्षेत्रका विभिन्न पसलहरुको अनुगमन गरेको छ ।
चाडपर्वलाई लक्षित गरी गाउँपालिकाले बुधबार बजार श्रेत्रको बिभिन्न पसलहरु अनुगमन गरेको नेपाल पत्रकार महासंघ इलामकी उपाध्यक्ष सुनिता राईले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार,अनुगमन समितिको संयोजक प्रविना राईको नेतृत्व टोलीले २२ प्रकारका खाद्य तथा अखाद्य बस्तुहरु बरामत गरि नस्ट गरेको छ ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, पालिकाका कर्मचारी लगायत बजार व्यवस्थापन समितिका पदाधिकारीहरु साथै प्रहरीहरुको उपस्थिति थियो ।
नयाँबजार क्षेत्रका पसलहरुमा अनुगमन गर्दा खाद्य सामाग्रीहरु म्याद गुज्रिएको पाइएकाले बरामद गरि नस्ट गरिएको पालिका उपाध्यक्ष राईले बताउनुभएको छ ।
चाडवाडको समयमा उपभोक्ता ठगिन सक्ने भएकाले अनुगमनलाई तिव्र पारिएको उहाँको भनाई छ ।