इलाम–१० मा फुटबल प्रतियोगिताः उद्धघाटनका दुई खेल आज

द्वारा प्रकाशित गरिएको हो |
२०८० कार्तिक १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोेपाल अधिकारी,इलामः इलाम नगरपालिका –१० मा आयोजना हुने ‘टोल स्तरीय फुटबल प्रतियोगिता’ को उद्धघाटन खेलमा दुई खेल हुने भएको छ । इलाम नगरपालिका वडा नं १० को मुल संयोजकत्व तथा गोदक खेलकुद समितिको समन्वयमा बिहिबारबाट प्रतियोगिता सुरु हुन लागेका हो ।

साबिक इलाम १० को ५ नम्बर खेलकुद मैदानमा संचालन हुने प्रतियोगितामा महिला खेल, भ्याट्रन र डोरी तान्ने खेल समेत रहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिनेछ । प्रतियोगिताको फाइनल कार्तिक २५ गते हुनेछ ।

टोल स्तरीय प्रतियोगिता इलाम नगरपालिका १० मा पहिलो पटक भएको वडा नं १० का अध्यक्ष ओमनाथ प्रधानले बताएका छ्न । यस संस्करणमा पुरुष तर्फ १२ खेल, महिला तर्फ ४ खेल भ्याट्रनटिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय