मन लोभ्याउदै रोङको किरात पार्क

द्वारा प्रकाशित गरिएको हो |
२०८० कार्तिक २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल,रोङः रोङ गाउपालिकाभित्र पर्टक तान्ने अनेकन स्थलहरुमध्ये किरात पार्क पनि थपिएको छ । थुप्रै प्राकृतिक,धार्मिक,पुरातात्विक महत्वको स्थानहरुको खोजी र प्रवर्धन गरिदै आएको रोङ गाउपालिका वडा न ५ को चिसापानी डाडामा बनेको किरात पार्क अहिले पुग्नै पर्ने गन्तब्य बनेको छ ।

गाउ भरिनै राई समुदायको वसोवास रहेको चिसापानी र आसपासका मानिसहरु सबैजना आफ्नै भाषा बोल्ने,सस्कृति चालचलन सस्कार र रितिरिवाजमा रम्ने गरेका र उनिहरुको भाषा धर्म सस्कृति परपरा जान्न चाहनेहरुको लागि भिन्नैस्थानको रुपमा रहेको चिसापानि डाडामा वृहद किरात सास्कृतिक पार्कको कल्पना गरि निर्माण थालिएको रोङ ५ का वडाध्यक्ष दल बहादुर पुलामिले बताए ।

रोङ गाउपालिकाले अधिल्लो कार्यकालदेखीनै थालिएको किरात पार्कको लागि बजेट बिनियोजन गरि देवानछाप,देवानगढि,मुर्चुङ्गे भिउ टावर सगै वृहद पार्कको काम अहिले पनि निरन्तर रुपमा लैजाने र तराईबाट टिमाई गौडा पाथिभरा,देवानछाप लगायतको करिडोर बिकाश गरि कर्सोङ पदमार्गमा जोडेर पर्यटकहरु भित्राउने प्रचुर सभावना रहेकोले आफुहरु यो सास्कृतिक पार्क निर्माणमा लगातार प्रयत्नशिल रहने निवर्तमान वडाध्यक्ष तथा वर्तमान कार्यपालिका सदस्य युवराज खाप्तुवा राईले बताए ।

चिसापानिमा किरात सभ्यता मात्रै हैन पाथिभरा गिद्दे पहरा,झ्ण्डी डाडाको पहरा,टिमाई खोलाको शिर नेपाल र भारतको समथर भुभाग अनि सुर्योदयको मनमोहक दृशयावलोकन गर्न सकिने आनन्दको स्थान पनि रहेकोले आजभोलि पर्यटकहरु आउन थालेको र यसलाई पिकनिक स्थलको रुपमा बिकाश गर्नुपर्ने स्थानिय युवा बिशाल खाप्तुवा राईले बताए ।

चुरे क्षेत्रमा पर्ने चिसापानि तल मधेसमा गर्मि र तातो पानि रहदा चिसो हावा र पानी पाईने गरेको कारण सिङ्गो गाउको नाम नै चिसापानी रहेको बुढापाकाहरुका भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय