सूर्योदयका सबै नागरिकलाई पशुपतिनगरबाटै नागरिकता

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिकाका १४ वटै वडाका नागरिकहरुले सीमा प्रशासन कार्यालय पशुपतिनगर बाट नै नागरिकता पाउने भएका छन् । यस अघि वडा नं १ देखि ५ सम्मकाले बाहेक वडा–६ देखि १४ नं सम्मका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय इलाम पुगेर सेवा लिँदै आएका थिए । गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयलाई प्राप्त पत्रमा भौगोलिक दूरीका कारण सेवा लिन असहज भएकाले सोही अनुसार ब्यवस्था मिलाउन भनिएको छ ।

गत भदौ १८ गते सूर्योदय नगरपालिका र जिल्ला प्रशासन कार्यालयले सेवा उपलब्ध गराउने गरि क्षेत्र विस्तारका लागि पत्र पठाए बमोजिम गृह मन्त्रालयले स्विकृति दिईएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभएको छ । प्रमुख राईले भन्नुभयो, ‘कार्यपालिका बैठक बसेर नागरिकता बनाउन नगर पालिकाले उप–प्रमुखको संयोजकत्वमा एक सहजीकरण समिति बनाएको थियो । निकै महत्वपूर्ण भूमिका खेल्नुभो । निरन्तर प्रयास गर्नुभो । सफल भयौं ।’ अब पशुपतिनगरको सीमा कार्यालयबाट सबै नगरबासीले नागरीकता पाउन सक्ने भएकोमा उहाँले खुसी ब्यक्त गर्नुभएको छ ।

पालिकाका भित्रि गाउँका बासिन्दालाई जिल्ला प्रशासन पुगेर सेवा लिएर फर्किन दुईदिन सम्म लाग्ने अवस्था थियो । त्यसमाथि भिडभाड र कागजि प्रकृया पुरा नहुँदा उनिहरुले सास्ती पाउने गरेका थिए । नगरपालिकाको प्रयास सार्थक बनेकोमा गोगनेकी खोमकुमारी पौडेलले भनिन्,‘छोराहरुलाई नागकिता बनाईदिन गैहाल्नु थियो,अब ढुक्क हुनेभयो । धन्य नगरपालिका ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय