तिथि एक–पर्व अनेकः पूर्वप्रधानमन्त्री ओली

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तिथि एक–पर्व अनेक भएको बताएका छन्। उँधौली पर्व, यःमरी पुन्हि र धान्य पूर्णिमाको अवसरमा शुभकामना दिदै ओलीले यस्तो बताएका हुन्।

‘तिथि एक–पर्व अनेक। पूर्वी नेपालमा उल्लासमय रूपमा मनाइने उँधौली पर्व आजै हो। काठमाडौँ उपत्यकामा योमरी पुन्ही पनि आजै पर्छ। देशका विभिन्न भागमा विभिन्न कुल वंशको कुलपूजा गर्ने धान्य पूर्णिमा पनि आजै’, अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्। ,’हाम्रो विविधता, हाम्रो पूँजी। उँधौली पर्व, योमरी पुन्ही र धान्य पूर्णिमाको शुभकामना।’

नेवार समुदायको यःमरी पुन्हि, किराँत समुदायको चाड उँधौली, ज्यापु दिवस र धान्य पूर्णिमा आज एकैदिन परेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय