सूर्योदयमा उमेर पुगेकाले मात्र ‘मापसे’ गर्न पाउने कानुन चाँडै आउँदैछः नगरप्रमुख राई

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी,इलामः सूर्योदय नगरपालिकाले मापसे (मादक पदार्थ सेवन) सम्बन्धि कानुन कार्यान्वयन गर्ने भएको छ । नगरप्रमुख रणबहादुर राईले नगरपालिकाले मापसे सम्बन्धि कानुन,नियमावली निर्माण गरिसकेको बताउँदै चाँडै कार्यान्वयनमा ल्याईने बताउनुभएको हो । उहाँले नगरपालिका भित्र निश्चित उमेर पुगेका ब्यक्तिहरुले मात्र मापसे गर्न पाउने बताउनुभएको छ ।

उधौली पर्वको अवसरमा सूर्योदय नगरपालिाका–४ मा मंगलबार आयोजित ‘साकेला कप’ पुरुष फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख राईले युवाको प्रगतिको बाधक नै मादक पदार्थ देखिएकाले यस विषयमा नगरपालिका कटिबद्ध भएर लाग्ने दाबी गर्नुभएको छ । त्यतिमात्र नभई अवैध तरिकाले बेचविखन भईरहेका मादकपदार्थहरु समेत पूर्ण रुपले बन्देज लगाईने प्रमुख राईको भनाई छ । ‘नगरपालिकाको कार्यपालिकाले यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’ उहाँले भन्नुभयो , ‘हामी यो विषयमा कटिबद्ध भएर लागिपर्नेछौँ ।’

नगरपालिकाले युवाको शारिरिक,मानसिक तथा संवेगात्मक विकासका लागि खेलकुदलाई प्राथमिकता दिईरहेको छ । तर, स्वास्थ्यका लागि खेलकुद भनिरहँदा यसलाई असफल बनाउने विभिन्न अवरोधमध्ये मादक पदार्थ पनि एक भएको पालिकाले महशुष गरेको उहाँ बताउनुहुन्छ ।
उहाँले नगरपालिका वा सम्बन्धित निकायमा दर्ता नभएका कुनै पनि खेलमैदान वा क्लब अवैधानिक हुने भन्दै आगामी आव देखि त्यसलाई पनि बन्देज लगाईने बताउनुभयो । उहाँले उधौली पर्व सबैको साझा भएकाले एक आपसमा सद्भाव साटासाट गरेर मनाउनुपर्ने बताउनु भएको छ ।

सूर्योदय–४ को गागुने खेल मैदानमा २२ दिन अघि देखि जारी फ्ुटबल प्रतियोगिता मंगलबार समापन भएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय