गोविन्द पौडेल,रोङः इलामको रोङ गाउँपालिकामा शुक्रबार सम्पन्न रक्तदानमा उल्लेखनिय सहभागिता देखिएको छ । वडा न ६ को सरस्वती माध्यामिक बिद्यालयमा क्रियाशिल रहेको जुनियर रेडक्रस सर्कलको आयोजना र नेपाल रेडक्रस सोसाईटि हाँसपोखरी उपशाखाको समन्वयमा भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका हुन् ।
हरेक शुक्रवारलाई सृजनात्मक शुक्रवार बनाउन वालसहभागिता कार्यक्रम गर्ने गरेको बिद्यालयमा आज भएको रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो,वडा न ६ का अध्यक्ष सत्यम राई चौरासे,प्रधानाध्यापक गोबिन्द पौडेल,बिब्यास अध्यक्ष प्रेम साङपाङ लगायतले पनि रगतदान गरेका थिए ।
जुरेस सभापति बिन्या प्रधानको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष मनिकुमार स्याङवोले मैनबत्ती वालेर उद्घाटन गर्नु भएको थियो ।
गाउपालिका अध्यक्ष स्याङ्वो,वडाध्यक्ष चौरासे हासपोखरी उपशाखा अध्यक्ष नेत्र पोखरेलले शुभकामना दिनुभएको कार्यक्रममा गाउपालिका स्वास्थ्य शाखाले पठाएको शुभकामना सहित सहयोगि सघसस्था,दाता सचारमाध्याम,रगत दाता सबैमा बिद्यालयका प्रअले स्वागत र धन्यवाद दिनु भएको थियो ।
ूम रगत दान गर्छुू भनेर स्बेच्छिक घोषणा र हस्ताक्षर गर्दै सहभागिता हुने गाउमा पहिलो पटक रक्तदानहुदा बिसभन्दा बढि नहुने आकलन भएपनि ५० जनाले रगत दान गर्दा अपेक्षाकृत सफल भएको कार्यक्रमको सचालन बिद्यार्थी सजोग राईले गरेका थिए ।