सूर्योदय नगरपालिकाले लम्पिस्किनबाट क्षति भएका किसानलाई राहात रकम दिने

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष १३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः इलामको सूर्योदय नगरपालिकाले लम्पिस्किन महामारीमा क्षति भएको पशु चौपायाको राहात रकम दिने भएको छ । नगरपालिकाको आठौ कार्यपालिका बैठकबाट राहत रकम वितरण गर्ने कार्यविधि पारित गरिएको प्रवक्ता ख्याम बहादूर भुजेलले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, माउ गाई मरेको किसानलाई २० हजार रूपैया, कोरली गाइ मरेका किसानलाई १० हजार र गोरू मरेको किसानलाई ५ हजार रूपैया राहात रकम दिने निर्णय भएको छ ।

नगरपालिकाले लम्पिस्किन रोग नियन्त्रण गर्न खोप अभियानलाइ सघन रूपमा सञ्चालन गर्ने भएको छ । त्यसका लागि नगरपालिका अन्तरगत र निजी पशु प्राविधिकको परिचालन गरिने छ । त्यस्तै किसानलाई स्वस्थ्य रूपमा पशुपालनको तालिम समेत गराइनेछ । उहाँले भन्नुभयो ।
लम्पिस्किन रोगबाट पशुधन क्षति भएका लाभग्राहि सिफारिस गर्न आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । समितिले लम्पिस्किन रोगबाट पशुधनमा क्षति भएका वास्तविक किसानको पहिचान गरेर राहतको लागि सिफारिस गर्ने छ ।

नगरपालिकाले लम्पिस्किन रोगबाट भएको छतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न नगरपालिकाले एक करोड २५ लाख रूपैयाँ रकम विनियोजन गरेको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।

नगरपालिकामा लम्पिस्किन रोगबाट सात सय ४४ गाईबस्तुको क्षति भएको छ । त्यस्तै नगरपालिकाले पशु र बालि बिमामा प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले पशु र बालि बिमामा किसानले ब्यहोर्ने बिमा शुल्कको आधा रकम नगरपालिकाले व्यहोर्न भएको प्रमुख राईले बताउनुभयो ।
बिमा प्रोत्साहनको लागि दश लाख रूपैया विनियोजन भएको छ । पशु र बालि बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय