पञ्चम संगीत प्रतिष्ठानको पहिलो साधारणसभा सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रविन विसी,फिक्कलः पञ्चम संगीत प्रतिष्ठान नेपाल संस्थाको पहिलो साधाणसभा तथा अधिवेशन फिक्कलमा समापन भएको छ । वरिष्ट संगीतकार तथा गायक मानसिंह थुलुङको सभापतित्व तथा सूर्योदय नगरपलिकाका उपप्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक कुबेर राईको बिशेष आतिथ्य रहेको थियो ।

उपमेयर दुर्गा बरालले हार्मोनियम बजाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बरालले २०४१ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेको र संगीतमा आफूलाई पहिले देखिनै अत्यन्त रुचि भएकाले पनि संगीतमा केहि तपस्या भएको बताउनुभएको छ।

बाटो र पूर्वाधारको विकास मात्रै विकास नभई संगीतलाई पनि अब पालिकाभरि र वडा स्तरहरुमा प्रत्यक्ष नव कलाकारहरुलाई प्रशिक्षण गराउन आवश्यक रहेको र संगीत कर्मीहरुलाई उजागर गर्नु जरुरी भएका उहाँले बताउनुभयो ।

अब नगरले संगीतको प्रतिनिधित्व गर्दै सूर्योदय नगरका १४ वाटै वडामा भएका कलाकारहरुलाई नगरले प्रोसहन गर्दै सूर्योदय आइडल गर्ने तयारी रहेको बरालाले बताउनु भएको छ ।

संगीतको क्षेत्रमा सूर्योदय एक कदम अघि भएकाले पनि कलाकारहरुलाई अझ हौंशला र ऊर्जा दिने छौ, बरालले भन्नु भयो ।
नगरका विषयमा संगीतलाई उकास्न के गर्नु पर्छ प्रपोजल लिएर आए नगरपालिकाले आर्थिक र भौतिक तरिकाबाट सहयोग गर्ने समेत प्रतिबध्दता उपमेयर बराले गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवं दुई नम्बर वडाध्यक्ष अध्यक्ष डिक बम्जमले संगीत प्रेमीहरुको लागि संगीत सुनेर मात्र नहुने संगीतमा भविष्य खोज्दै हिँड्ने नव गायक गायिकाहरुले संगीत सिक्न अति आवश्यक रहेको बताउनुभयो । उहाँले संगीत स्कुलहरुमा विद्यार्थीहरुले प्रत्येक हप्ता प्रयोगात्मक र थेउरी गरी जान्न आवश्यक रहेको बतउनुभयो।

उक्त कार्यक्रमको समापन गर्दै पञ्चम संगीत प्रतिष्ठान नेपालका अध्यक्ष मान सिंह थुलुङ राईले कार्यक्रममा सोचे भन्दा बढी उपस्थित भई संगीतलाई माया गर्दिनु हुने सम्पूर्ण नगरबासी र संगीत प्रेमीहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

गत वर्ष फाल्गुन महिनादेखि यस संस्थालाई स्थापना अर्थात् ,२०७९ देखि सञ्चालनमा आएको यस संस्थामा संस्थापकको १७ पदाधिकारीहरु चयन गरिएको यस संस्थामा आज फेरि नयाँ चुस्त दुरुस्त समिति बन्ने छ यसमा कसैको दुईमत छैन । अब यस संस्थाबाट हरेक टोल टोलमा एकजना संगितका टोल संयोजक तय गरी कार्यक्रम गर्दा वडा र यस संस्थाको मातहतमा गर्दा अझ प्रभावशाली हुने उहाँले बताउनु भयो ।

संस्थाका सदस्य तुलसी क्षेत्रीले स्वागत मतव्य राख्नु भएको उक्त क्रयोक्रमको सञ्चालन संस्थाको सदस्य चन्द्र कुमार लिम्बूले गर्नु भएको थियो भने पञ्चम संगीत प्रतिष्ठानको दोस्रो बन्द सत्र पछि नयाँ तदर्थ समिति गठन भएको छ ।

अध्यक्षमा वरिष्ठ गायक, संगीतकार मान सिंह थुलुङ राई,वरिष्ट गायक कुबेर राई उपाध्यक्षमा सर्व सम्मतले चयन हुनु भएको छ ।
कोषाध्यक्षमा गायिका गायित्री देवी ओली यसै गरी सचिवमा वृष बहादुर प्रदान र सहसचिवमा चन्द्र कुमार एवा लिम्बू सदस्यहरु क्रमशः पूजन प्रदान,तुलसी क्षेत्री,रगुन गुरुङ ,भूपेन्द्र राई,नम्रता नेपाल, सन्तोकी तामाङ, सपना थापा,लेकबिर सुनुवार,किरण योञ्जन र प्रविन विसी चयन भएका छन्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय