इलामको फिक्कलमा रास्वपाले गर्यो विरोध प्रदर्शन

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले इलामको फिक्कलमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा सहभागिले राज्यले गरेको दमनको विरुद्धमा चर्को नाराबाजी गरेका छन् ।

‘हत्यारा सरकार चाहिँदैन, दण्डहिनताको अन्त्य गर, जनता मार्न पाइँदैन, घटनाको छानबिन गर, दोषी माथि कारबाही गर’ भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।

रास्वपाका सूर्योदय नगरसभापति रमेश भट्टराईले फिक्कल चोकदेखि निकालिएको विरोध र्‍याली बजार परिक्रमा गरेर पुनः चोकमा नै पगेर कोणसभामा परिणत भएको बताउनुभयो।

अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, गोली चलाउन आदेश दिने अधिकारीलाई कारवाही गर्नुपर्ने लगायतका मागसहित उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

पानीजहाज बनाउने कामका लागि भाषा परीक्षा दिएका र अनुत्तीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि पनि भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । सो आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय