सूर्योदयमा शुरु अन्तर विद्यालय फुटबल प्रतियोगितामा उत्घाटनका चार खेल सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष १८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः निजी तथा आवसीय विद्यालय अर्गनाईजेन नेपाल ९प्यावसन० सूर्योदय नगर कार्य समितिको आयोजनामा ९बुधबार० बाट शुरु भएको अन्तर विद्यालय फुटबल प्रतियोगितामा उत्घाटनका चार खेल भएका छन् । प्राथमिक तह कक्षा एक देखि पाँचसम्म र आधारभूत तह कक्षा एक देखि आठसम्मका विद्यार्थीहरुबिच दुई विधामा प्रतियोगिता शुरु भएको हो ।

प्राथमिक तह कक्षा एक देखि पाँचसम्मको उत्घाटन खेलमा गोल्डेन फ्युचर एकाडेमीलाई २ः० गोलले हराउँदै सनराईज इङ्लिस स्कुल बिजयी भएको छ भने दाश्रो खेलमा अन्तु एकाडेमीले १ः० अन्तरले गोल्डेन हेवन एकाडेमीलाई हराएको छ ।

त्यसैगरि आधारभूत तह कक्षा एक देखि आठसम्मको पहिलो खेलमा गोल्डेन हेवन एकाडेमीले सनराईज इङ्लिस स्कुललाई १ः० ले पछि पारेको छ । साथै दोश्रो खेलमा अन्तु एकाडेमीलाई ३ः१ को गाृलअन्तरले हराउँदै साईज्योति इङ्लिस स्कुल दोश्रो चरणमा प्रवेश गरेको छ । प्यावसन नेपालका केन्द्रीय उपाध्यक्ष युवराज वाशिष्टले कार्यक्रमको उत्घाटन गर्नुभएको थियो ।

आगामी पुस २४ गते पर्ने ३३ औँ प्यावसन दिवसको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । । प्रतियोगितामा नगरभित्रका २० वटा संस्थागत विद्यालयहरुको सहभागिता रहने खेल संयोजक एवं पिसलेन्ड नेशनल एकाडेमीका प्रिन्सिपल अनिल राईले जानकारी दिनुभएको छ । राईका अनुसार आगामी पुस २४ गते ३३ औँ प्यावसन दिवसको अवसरमा प्रतियोगिताको समापन गरिनेछ ।

सूर्योदय नगरपालिका–११ स्थित तीनघरे फुटबल खेल मैदानमा जारी प्रतियोगिताको समापन अवसरमा म्याराथोन दौड आयोजना गरिने छ । छात्रहरु कन्यामबाट फिक्कलसम्म र छात्राहरु आईतबारे बजारबाट फिक्कलसम्म दौडिने छन् ।

विजेतालाई नगद सहित ट्रफि मेडल र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ । कार्यक्रम समापनको अवसरमा इलाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेत आउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय