साना किसान कृषि सहकारी संस्था गोर्खेको नवौँ बार्षिक साधारण सभा सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८० पुष २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सन्देश खड्का,गोर्खेः साना किसान कृषि सहकारी संस्था सुर्योदय नगरपालिका–१ गोर्खेको नवौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सन्तानब्बे लाख छप्पन्न हजार रुपैँया बराबरको आर्थिक कारोबार पारित गर्दै सम्पन्न सभाले सञ्चमाया तामाङको अध्यक्षतामा पाँच सदसीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिका उपाध्यक्ष चन्द्रकुमारी राई,सदस्यहरु सञ्चमाया लाप्चा,निरादेवी कटुवाल र इन्दिरा वेगा रहनुएको छ । त्यसैगरी सविता सुब्बाको संयोजकत्वमा तीन सदसीय लेखा समिति चयन गरिएको छ । समितिका सदस्यहरुमा चम्पादेवी पौडेल र सुमित्रा लिम्बु रहनुभएको छ ।

धु्रवकुमार प्रधानको संयोजकत्वमा गठित सल्लाहकार समितिको सदस्यहरुमा टिकाराम अधिकारी,सोना राई,यसोदा ढकाल र सपुनम राई रहनुभएको प्रबन्धक एलिना बजगाईले जानकारी दिनुभयो ।

यस बर्ष ४ लाख दश हजार आम्दानी गरेको संस्थाले दुई लाख ४४ हजार खर्च गरेको छ भने एक लाख ६६ हजार नाफा भएको प्रवन्धक बजगाईले बताउनुभएको छ ।

संस्थाकी अध्यक्ष सबिता सुब्बाको अध्यक्षता एवं वडाध्यक्ष राजकुमार शेरेङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साना किसान इलाका कार्यालय विर्तामोेडका तिर्थराज ओझा र इच्छाराम पोख्रेलको विशेष आतिथ्यता रहेको थियो ।

अध्यक्ष सुब्बाले संस्थाको भावि लक्ष्य तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले संस्थाको लगानी लक्ष्य दुई करोड दश लाख रहेको,असुली लक्ष्य एक करोड पचास लाख, ब्याज असुली २२ लाख, खर्च लक्ष्य १२ लाख, नाफा लक्ष्या दश लाख रहेको बताउनुभयो । सुब्बाका अनुसार आगामी ०८१ आषाढ मसान्त सम्ममा आन्तरिक श्रोत ८० लाख पुर्याउने गरि कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ ।

कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी सन्देश खड्काले गर्नुभएको थियो । वि सं २०७२ सालमा स्थापना भएको यस संस्थामा पाँच सय हाराहारी सेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय