
विष्णु गड्तौला,सुम्बेकः इलाम नगरपालिका २ सुम्बेकमा सनिवार एक कार्यक्रमका बिच आदिवासी जनजाति वडा समन्वय समिति गठन भएको छ। सुम्बेकमा बसोबास गरिरहेको ९ वटा आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक भेलाले कुल बहादुर देवानको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ।
नवगठित समितिको उपाध्यक्षमा टलक बहादुर याखा सचिव बिर्खबहादुर तामाङ सहसचिवमा अमृत बहादुर आलेमगर कोषाध्यक्षमा लिला राई चयन भएका छन्।त्यस्तै सदस्यहरुमा अमृत बहादुर लिम्बु,सिर्जना सुनुवार,लाक्पा शेर्पा,अञ्जना तामाङ , रिता गुरुङ र नर बहादुर राई रहनु भएको छ।



वडाध्यक्ष गिरीराज रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समिति इलामका सदस्य शेरबहादुर खालिङ राईको प्रमुख आतिथ्यता, इलाम नगरपालिका कार्यपालिका सदस्य बिरेन्द्र राई,वडासदस्यहरू राजेन देवान,मीना दाहाल गड्तौलाको आतिथ्यतामा भएको थियो भने उक्त कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य मीना दाहाल गड्तौलाले राख्नुभएको थियो ।
शुभकामना मन्तव्य नगर कार्यपालिका सदस्य बिरेन्द्र राई,जिल्ला समन्वय समिति इलामका सदस्य शेरबहादुर खालिङ राईले राख्नुभएको थियो भने नवगठित समितिका अध्यक्ष कुल बहादुर देवानले प्रतिबद्धतासहितको मन्तब्य राख्नुभएको थियो भने वडाध्यक्ष गिरीराज रिजालले कार्यक्रममा आफ्ना शुभकामना मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो ।