इलाम– इलामको माई नगरपालिकामा गएराति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ को बिहीबारेका दिलकुमार राईले छोरा १९ वर्षे जीवनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीवन स्थानीय भगवती माविमा कक्षा ११ मा अध्ययनरत थिए ।
मदिराका कारण भएको घरायसी विवादमा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेको जनाइएको छ । गम्भीर घाइते जीवनलाई तत्काल झापाको बिएन्डसी अस्पतालमा उपचारका लागि लगिएको र उपचारक्रममा उनको मृत्यु भएको डिएसपी प्रकाश जबेगूले बताए ।
३६ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।