इलामः राष्ट्रिय स्वतन्त्र पार्टी माईजोगमाई गाउँपालिकाको दोश्रो भेला सम्पन्न भएका छ । नयाँबजारमा बसेको मंगलबारको भेलाले बिरेन निरौलाको संयोजकत्वमा नौ सदसीय कार्य समिति चयन गरेको छ ।
पार्टीको जिल्ला संयोजक प्रकाश सापकोटा,प्रदेश सदसीय सोनाम नाङ्गेल काजी,प्रदेश विभाग संगठन सदस्य टीका ओडारी,निर्वाचन क्षेत्र समिति सदस्य दिपेन अधिकारी र सूर्योदय नगर सभापति रमेश भट्टराईको आतिथ्यता रहेको थियो ।
अतिथिहरुले नव नियुक्त पदाधिकारीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो । पार्टी विस्तारको काम धमाधम भैरहेको बताउँदै सूर्योदय नगर सभापति भट्टराईले रास्वपामा जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ ।